back
CTIZAN AD

दुबईबाट सुन र आइफोन बोकेर आएका तीनजना विमानस्थलबाटै पक्राउ

वि.सं.२०७८ माघ २० बिहीवार

1.2K 

shares

काठमाडौं । दुबईबाट सुन बोकेर आएका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

एयर अरेबिया र हिमालयन एयरको विमानमार्फत नेपाल आएका सिन्धुपाल्चोक भोटेकाशी गाउँपालिकाका ३९ वर्षीय दावाछिरिङ शेर्पा, रौतहटका सुनिलकुमार शाह र मकवानपुरका नवराज परियारलाई सुन र आइफोन बोकेर ल्याएको अवस्थामा विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।

मलद्धारमा लुकाएर ल्याएका थिए शेर्पाले सुन
युएईको सारजाहबाट एयर अरेबियाको विमानमार्फत् बुधवार काठमाडौं ओर्लिएका सिन्धुपाल्चोकका शेर्पाले मलद्धारमा लुकाएर १ किलो ५५ ग्राम सुज बेलना आकार बनाएर ल्याएको आवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

शेर्पाले ल्याएको उक्त सूनको मूल्य ८३ लाख ३९ हजार २४७ रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी दुवईबाट हिमालयन एयरको जहाजबाट काठमाडौ आएका रौतहटका शाहबाट प्रहरीले ६ लाख ४० हजार बराबरको आइफोन, चारवटा १३ प्रोम्याक्स र ३ लाख ९५ हजार बराबरको बेरुवा औठी र सिक्री बरामद गरेको जनाएको छ ।

त्यस्तै दुवईबाट हिमालयन एयरबाटै आएका मकवानपुरका परियारले पनि १ लाख ६० हजार बराबरको आइफोन र १३ प्रो म्याक्स तथा ३ लाख ९५ हजार २२५ रुपैयाँ बराबरको बेरुवा औठी ल्याएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान गर्नका लागि विमानस्थल भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ।

सरकारले विदेशबाट आउने नेपालीहरुले सुनका गहना ५० ग्राम सम्म, चाँदीका गहना ५०० ग्रामसम्म र हिराजडित सुन तथा चादिका गहना १ लाख रुपैयाँ सम्मका ल्याउन पाउने प्रावधान रहेको छ ।

त्यसैगरी १०० ग्रामसम्म सुन ल्याउँदा भन्सार महसुल तिरेर लैजान सकिने छ भने त्यो भन्दा बढी ल्याएको पाइएमा जफत गरिने प्रावधान रहेको छ ।

 

वि.सं.२०७८ माघ २० बिहीवार १६:३८ मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...