back
CTIZAN AD

‘सिरजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ विमोचन

वि.सं.२०७८ माघ २१ शुक्रवार

693 

shares

धरान । प्रदेश नं १ का प्रमुख पर्शुराम खापुङलले तेह्रथुम लालीगुराँस नगरपालिकाका प्रमुख एवं लेखक अर्जुनबाबु माबुहाङ र अमित थेबेद्वारा लिखित ‘सिरजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ विमोचन गरेका छन् ।

याक्थुङ भाषा र सिरिजङ्गा लिपिका विकासकर्ता, उत्थानकर्ता एवं प्रचारकका रूपमा रहेका सिरिजङगा सि थेबेको योगदानमा केन्द्रित भएर लेखिएको पुस्तक धरानमा बिहीबार आयोजित कार्यक्रममा उनले विमोचन गरेका हुन् ।

कार्यक्रममा प्रदेश प्रमुख खापुङले इतिहास निर्माण गर्नु गाह्रो कुरा भएको उल्लेख गर्दै यो पुस्तक सिरिजङ्गाको बारेमा खोज–अनुसन्धानका लागि एउटा कोशेढुङ्गा भएको जनाए । लिम्बू जातिको गहन विषयमा पुस्तक लेखिएको भन्दै प्रमुख खापुङले इतिहाससँग जोडिएको विषयमा पुस्तक तयार भएकामा लेखकद्वय अर्जुनबाबु माबुहाङ र अमित थेबे मिहाङलाई धन्यवाद दिएका थिए । उनले उक्त पुस्तक ऐतिहासिक दस्तावेज हुनेसमेत बताए ।

तङ्सिङ मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा लेखक माबुहाङले सिरिजङ्गाका बारेमा खोज्न ताप्लेजुङको सिनाम, तेल्लोकबाट सिक्किमसम्म पुगेको जानकारी दिएका थिए । उनले गाउँघरमा सिरिजङ्गा लिपि अभ्यास गरेका केही लेखोट भेटिएको र केही वंशावलीमा सिरिजङ्गाको नाम पनि भेटिएको बताए । उक्त लेखन सिरिजङ्गाका बारेमा सुनिएका लोकोक्तिलाई टिपोट गर्ने र सिरिजङ्गाका बारेमा क-कसले के-के लेखेका छन् तथा सिरिजङ्गाका सङ्कलित लेखोटमा के-के लेखिएका छन् त्यसको अध्ययन गरेर पुस्तक लेखिएको उनले जानकारी दिए ।

पुस्तकबारे डा रामनारायण कन्दङ्वा र युमा साम्यो महासभाका महासचिव डा रमेश इजमले टिप्पणी गरेका थिए । उनीहरुले पुस्तक ऐतिहासिक दस्तावेज हुने बताए थिए । कार्यक्रममा पूर्वप्रदेश प्रमुख प्रा डा गोविन्द सुब्बाले पनि पुस्तकमाथि चर्चा गरेका थिए ।
रासस

वि.सं.२०७८ माघ २१ शुक्रवार १२:५१ मा प्रकाशित

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...