back
CTIZAN AD

गठबन्धनको निरन्तरताबारे कांग्रेस विभाजित, कोइराला पक्ष गठबन्धन रहन नहुने निष्कर्षमा

वि.सं.२०७८ माघ २१ शुक्रवार

672 

shares

काठमाडौं । गठबन्धनको भविष्यबारे चर्चा भइरहेका बेला सत्तारुढ नेपाली कांग्रेसभित्र गठबन्धनलाई लिएर विभाजन देखिएको छ । संस्थापन पक्ष गठबन्धनलाई जोगाउने अडानमा देखिएको छ भने शेखर कोइराला पक्ष गठबन्धन कांग्रेसका निम्ति नै घातक हुने निष्कर्षमा पुगेको छ ।

कोइराला पक्षले गठबन्धनलाई निरन्तरता दिए आगामी निर्वाचन पनि कांग्रेसको निम्ति अनुकुल नहुने निष्कर्ष निकालेको छ । कोइराला पक्ष पछिल्लो राजनीतिक उतार चढावको घटनाले राजनीतिक माहोल कांग्रेसको पक्षमा देखिएको निष्कर्ष निकाल्दै गठबन्धनलाई कायमै राख्न खोज्दा क्षति मात्रै हुने निष्कर्षमा पुगेको हो । कांग्रेस स्वतन्त्र हिसाबले अघि बढ्न सम्भव रहेको निष्कर्ष निकाल्दै कोइराला पक्षले माओवादी र एकीकृत समाजवादीको भारी बोक्न नहुने बताएको छ ।

सभापति शेरबहादुर देउवा नेतृत्वको पक्ष भने आगामी संसदीय निर्वाचनसम्मै गठबन्धन कायम राखेर जानुपर्ने अडानमा देखिएको छ । देउवा पक्षको गठबन्धनबारेको निष्कर्षमा रामचन्द्र पौडेल र उनको पक्षमा देखिएका नेताहरु पनि सहमत देखिएका छन् ।

तर, सभापति शेरबहादुर देउवा नेतृत्वको पक्ष भने आगामी संसदीय निर्वाचनसम्मै गठबन्धन कायम राखेर जानुपर्ने अडानमा देखिएको छ । देउवा पक्षको गठबन्धनबारेको निष्कर्षमा रामचन्द्र पौडेल र उनको पक्षमा देखिएका नेताहरु पनि सहमत देखिएका छन् । पौडेलले आगामी चुनावमा सबै ठाउँमा नभई आवश्यक ठाउँमा मात्रै गठबन्धन बनाएर जानुपर्ने भनाई राखेका छन् ।

तर, एमसीसीले गठबन्धनबारेको बुझाईमा बिचनल

देउवा पक्ष गठबन्धनलाई कायमै राख्नुपर्ने बुझाइमा छ । तर, एमसीसीको विषयले भने देउवा पक्षलाई केही सकस बनाएको छ ।

देउवा एमसीसीलाई जसरी पनि पारित गर्ने अडानमा देखिएका छन् । शनिबारको गठबन्धनको बैठकमा देउवाले “गठबन्धन भाँडिए पनि भाँडियोस् तर, एमसीसी अगाडि बढ्न पर्छ” भन्ने धारणा राखेका थिए । एमसीसीमा सबै दल स्वतन्त्र हिसाबले जानुपर्ने बताइरहेका देउवाले शनिबारको बैठकमा आक्रामक रुपमा गठबन्धनलाई महत्व दिइरहन नसक्ने बताएको विषय बाहिरिएको छ । जसले देउवाको बुझाई बिचलन आएको देखिन्छ ।

तर, अनौठो विषय गठबन्धनको आवश्यकता नरहेको निष्कर्ष निकालेको कोइराला पक्ष भने एमसीसीको बारेमा संशोधनसहित पारित गर्नुपर्ने अडानमा छ । कोइराला पक्षीय नेता गगन थापाले एमसीसीमाथि उठेका प्रश्नहरुलाई सुधारेर मात्रै जानुपर्ने धारणा राखेका छन् ।

वि.सं.२०७८ माघ २१ शुक्रवार १३:०६ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...