back
CTIZAN AD

उद्योगमा आगलागी हुँदा करोडौँको क्षति

वि.सं.२०७८ माघ २१ शुक्रवार

729 

shares

बनियानी । झापाको मेचीनगरस्थित एक जुत्ता उद्योगमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । मेचीनगर नगरपालिका-६ बर्मेली टोलमा श्याम खेतानले सञ्चालन गरेको एसएस फुटवेयरमा बिहीबार आगलागी हुँदा करिब रु आठ करोड ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

आगलागी पाँच घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । उद्योगमा जुत्ता बनाउन प्रयोग हुने रबर, केमिकललगायत वस्तु भएकाले आगो नियन्त्रणमा लिन धेरै समय लागेको थियो । आगो नियन्त्रणमा लिन झापा, मोरङसहित भारतबाट समेत गरी ११ वटा बारुणयन्त्र परिचालन गरिएको प्रवक्ता पाठकले बताए ।

आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उल्लेख्य सहयोग गरेका थिए ।
रासस

वि.सं.२०७८ माघ २१ शुक्रवार १३:०९ मा प्रकाशित

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...