back
CTIZAN AD

आजदेखि प्याराग्लाइडिङ उडान सुरु

वि.सं.२०७८ माघ २३ आइतवार

954 

shares

सुर्खेत । सुर्खेत उपत्यकामा आजदेखि नियमितरुपमा प्याराग्लाइडिङ उडान सुरु हुने भएको छ । वेलकम प्याराग्लाइडिङ प्रालिले वीरेन्द्रनगर नगरपालिका-१४ बयलकाँडा र वडा नं १ देउती थानलाई केन्द्र बनाएर उडान गर्ने तयारी गरेको हो ।

कम्पनीका सञ्चालक पदमबहादुर शाहीले नेपाल नागरिक उडड्यन प्राधिकरणबाट सञ्चालन अनुमति प्राप्त गरिसकेको बताए । प्राधिकरणले शाही मुख्य सञ्चालक रहेको वेलकम प्याराग्लाइडिङ प्रालिलाई एक वर्षको उडान अनुमति दिएको हो । सञ्चालक शाहीले विश्व कीर्तिमानी प्याराग्लाइडिङ पाइलट सानुबाबु सुनुवारले उडान भर्ने जानकारी दिँदै प्रतिव्यक्ति रु तीन हजार ५०० शुल्क निर्धारण गरिएको उल्लेख गरे ।

समूहमा उडान भर्नेलाई विभिन्न अफर राखिएको छ । पाँच जनाको समूहलाई रु तीन हजार २००, १० जनाको समूहलाई रु दुई हजार ८०० र १० भन्दा बढी आउनेलाई रु दुई हजार ५०० शुल्कमा प्याराग्लाइडिङ उडान भर्न पाउनेछन् । उडान शुल्कबाहेक फोटो र भिडियो लिन चाहनेले भने थप रु एक हजार तिर्नुपर्नेछ । प्याराग्लाइडिङमा एकपटकमा २० मिनेटसम्म उड्न सकिनेछ ।

सुर्खेतमा यसअघि २०७० सालमा परीक्षण उडान भए पनि नियमित प्याराग्लाइडिङ सञ्चालन भने हुन सकेको थिएन । अब भने नियमित सेवा प्रदान गर्ने सञ्चालक कम्पनीले जनाएको छ । वेलकम प्याराग्लाइडिङ प्रालिले पोखराको बाबु एडभेन्चरसँग साझेदारी गरेर उडानका लागि १२ चालक सुर्खेत भित्र्याएको छ ।

कर्णालीमा साहसिक पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले सेवा शुरु गरिएको सञ्चालक शाहीको भनाइ छ । “हामीले सुर्खेतमा प्याराग्लाइडिङ उडानका लागि यसअघि पनि प्रयास गरेका थियौँ, दक्ष जनशक्ति अभावका कारण नियमित सञ्चालन गर्न सकेनौँ”, उनले भने, “सुर्खेतको भूगोल र हावापानी प्याराग्लाइडिङका लागि उपयुक्त छ, हावाको बेगमा कुनै समस्या आइपरे आपत्कालीन अवतरणको पनि व्यवस्था मिलाइएको छ ।”
रासस

वि.सं.२०७८ माघ २३ आइतवार १२:१५ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि...

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

डुम्रे (तनहुँ) । यहाँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...