काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले एमसीसी सम्झौता यथास्थितिमा पारित नहुने बताएका छन् । एमसीसी मुख्यालयले शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डको पत्रका जवाफ फर्काउँदै पत्र पठाएपछि श्रेष्ठले यस्तो भनेका हुन् ।
नेता श्रेष्ठले देउवा र प्रचण्डले एमसीसीलाई पठाएको पत्रले माओवादी केन्द्रको धारण नबदलीएको पनि बताए । उनले एमसीसीप्रति माओवादी केन्द्रको धारणा र अडानमा कुनै परिवर्तन नआएको स्पष्ट पारे ।
“प्रम देउवा र अध्यक्ष कड्डप्रचण्डद्वारा एमसिसि अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएको पत्रका कारणबाट एमसिसि कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टी पंक्ति र सबैमा अनुरोध छ”, आइतबार सामाजिक सञ्जालमार्फत श्रेष्ठले भनेका छन्, “पार्टी दृढ छ, यथास्थितिमा यो संझौता स्विकर गर्न र संसदीय अनुमोदन प्रक्रियामा अघि बढाउन मिल्दैन, सकिदैन ।”
वि.सं.२०७८ माघ २३ आइतवार १६:०३ मा प्रकाशित






























