back
CTIZAN AD

घरघरमा कोरोना खोप अभियान

वि.सं.२०७८ माघ २३ आइतवार

756 

shares

सर्लाही । लालबन्दी नगरपालिकाले आफ्नो नगरभित्रका घरघरमा कोरोनाविरुद्ध खोप अभियान सुरु गरेको छ । कोरोना भाइरसविरुद्ध नेपाल सरकारले थालेको खोप अभियानअन्तर्गत नगरपालिकाले नगरभित्रका हरेक घरमा कोरोनाविरुद्धको घुम्ती खोप सेवा आजदेखि सुरु गरेको हो ।

सङ्घीय सरकार, मधेश प्रदेश सरकारको विशेष सहयोग र बागमती सेवा समाज तथा ‘आड्रा’ नेपालको समन्वयमा नगरभित्रका हरेक घरघरमा कोरोनाविरुद्धको घुम्ती खोप सेवा सुरु गरिएको नगर प्रमुख मानबहादुर खड्काले बताए । उनका अनुसार जिल्लाका लालबन्दी, हरिवन र हरिपुर नगरपालिकाले पहिला पनि जिल्लाका २० स्थानीय निकायको तुलनामा सबैभन्दा बढी खोप लगाएको र अहिले पनि जिल्लामा पहिलो पटक लालबन्दीले यो अभियान सुरु गरेको हो ।

नगरभित्रका खोप केन्द्रमा आउन नसक्ने गर्भवती, ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा शारीरिक रुपमा फरक क्षमता भएका नागरिकलाई घरमै पुगेर कोरोनाविरुद्धको पहिलो खोप लगाउने अभियानकोे आज नगर प्रमुख खड्का र बागमती सेवा समाजका अध्यक्ष भरत कार्कीले एकैसाथ उद्घाटन गरेका हुन् ।
रासस

वि.सं.२०७८ माघ २३ आइतवार १६:०५ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि...

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

डुम्रे (तनहुँ) । यहाँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...