back
CTIZAN AD

चित्र कोरेरै ४० हजार कमाउछन् श्रेष्ठ

वि.सं.२०७८ माघ २३ आइतवार

723 

shares

रामपुर । पूर्वखोला गाउँपालिका–५ वीरकोटका हिरा श्रेष्ठको दिनचर्या अहिले चित्र कोर्दैमा बित्ने गरेको छ । उनलाई यतिबेला विभिन्न थरीका चित्र बनाउन भ्याइनभ्याइ छ । हाल पाल्पा रामपुर नगरपालिकाका विभिन्न सङ्घसंस्था, होटल, रेष्टुरेन्ट र विद्यालयका लागि चित्र कोर्दैमा दिन बितेको श्रेष्ठलाई पत्तै हुँदैन । यस कार्यबाट मासिक रु ४० हजारसम्म उनी कमाई गर्छन् ।
श्रेष्ठले भने, “आफूमा सीप र जाँगर भएपछि जीवन धान्न गाह्रो हुँदो रहेनछ, अहिले भित्ते चित्र कोर्ने काममा व्यस्त छु, काम गर्दै जाँदा सीपमा निखारता आउने र कमाई पनि राम्रै हुने रहेछ ।”

सानैदेखि नै चित्र कोर्ने कार्यमा रुचि जगाउनुहुने ३६ वर्षीय श्रेष्ठ अहिले दाम कमाउने मात्र नभई समाजमा राम्रो पहिचान बनाउन सफल भएका छन् । विसं २०५७ देखि यस कार्यमा लागेका दुई वर्षदेखि रामपुरलाई कार्यथलो बनाउनाका साथै जिल्लाका विभिन्न ठाउँमा पुगेर चित्र बनाउने गरेका छन् । भित्तेलेखन, साइनबोर्ड, कम्पनीको बोर्ड, घरका भित्ता सजावटलगायत सबै सीप श्रेष्ठमा छ । कक्षा १२ सम्म अध्ययन गरेका उनले परिवारको आर्थिक अवस्था नाजुक भएका कारण थप अध्ययनलाई भने अगाडि बढाउन सकेनन् ।

आफूसँग भएको सीपलाई विकास गर्दै जादा अहिले यस कार्यमा श्रेष्ठ दख्खल बनेका छ । धेरै ग्राहकबाट माग आएपछि बुटवलमा एक वर्ष बसेर थप सीप सिकेका उनको चित्र कला लोभलाग्दो हुन थालेको छ । “ठूलाठूला होटल रेष्टुरेन्ट, सङ्घसंस्थाबाट माग धेरै आउन थालेपछि एक वर्ष बुटवलमा बसेर थप सीप सिकेपछि व्यावसायिकरुपमा काम गर्न थालेको छु, यो व्यवसायबाट अहिले म सन्तुष्ट छु”, श्रेष्ठले भने ।

यहीँ व्यवसायले श्रीमती, दुई छोराछोरीका साथै बुबा– आमाको पालनपोषण, छोराछोरीको पढाई खर्च र घरखर्च पनि राम्रोसँग चलेको उनले बताए । श्रेष्ठमा बढी प्राकृतिक वस्तुको चित्र कोर्ने रुचि भए पनि ग्राहकले जुन प्रकारको चित्र खोज्यो जस्ताको तस्तै तयार पार्न सिपालु छन् ।
सानैमा विद्यालयमा चित्रकलाको कार्यक्रममा सधैँ उत्कृष्ट हुुनुहने उनमा भविष्यमा चित्रकार बन्ने सपना पनि सानैदेखि पलाएको थियो । परिवारको हौसला, अग्रज चित्रकार, आफन्त, साथीभाइको प्रेरणा र आफ्नै मेहनतले श्रेष्ठका सीपमा निखारता आउन थालेको छ ।

अहिले समाजमा चित्र कोर्ने कार्यलाई व्यावसायिक बनाउने खासै भेटिदैनन् । यसमा दख्खल भएका व्यक्तिलाई राज्यले संरक्षण गर्नुपर्नेमा रामपुरस्थित गङ्गा माविका सहायक प्रधानाध्यापक कृष्ण घिमिरेले जोड दिए ।

“उनमा जुनसुकै प्रकारका वस्तु तथा व्यक्तिको चित्र बनाउन पठायो, ठ्याक्कै मिल्दो चित्र बनाउने राम्रो प्रतिभा दँेखे, यसमा तल्लीन भएर लाग्ने हो भने भविष्य उज्ज्वल छ”,उनले भने । कागजमा बनाएको चित्रको माग कमै आउँछ । अहिलेका सन्दर्भमा भित्तेलेखन नै बढी आउने गरेको चित्रकार श्रेष्ठले बताए । पछिल्लो समय ठूलाठूला घर भवन, सङ्घसंस्था, होटल रेष्टुरेन्ट धमाधम बन्न थालेपछि आफ्नो कला र सीप प्रदर्शन गर्ने राम्रो अवसर मिलेको उनको भनाइ थियो।

चित्र कोर्ने सीप भएका तर अवसर नपाएर धेरैले यस कार्यलाई अर्थोेपार्जनका रुपमा विकास गर्न सकिरहेका छैनन् । श्रेष्ठको जस्तै सीप र मेहनत अवलम्बन गर्ने हो भने निर्वाह गर्न कुैन कठिनाइ हुँदैन ।

वि.सं.२०७८ माघ २३ आइतवार १६:२१ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची । डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवद्र्धन गर्न ६०...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...