back
CTIZAN AD

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : कति वटा विद्यालय सिफारिस भए त ?

वि.सं.२०७८ माघ २४ सोमवार

1.6K 

shares

बैतडी । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि यहाँबाट ३५६ विद्यालय सिफारिस भएका छन् । यहाँका १० वटै स्थानीय तहबाट आवेदन परेका ३५६ विद्यालय सबैलाई सिफारिस गरिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नरेन्द्र अवस्थीले जानकारी दिए ।

पाटन नगरपालिकाका ५५, सिगास गाउँपालिकाका ५२, पुर्चौंडी नगरपालिकाका ५०, दोगडाकेदार गाउँपालिकाका ४०, सुर्नया गाउँपालिकाका ३८, दशरथचन्द नगरपालिकाका ३२, मेलौली नगरपालिकाका २४, पञ्चेश्वर गाउँपालिकाका २४, शिवनाथ गाउँपालिकाका २१ र डिलाशैनी गाउँपालिकाका २० विद्यालय सिफारिस गरिएका हुन् ।

आवेदन पेस गरिएका सबै विद्यालय छनोटका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र पठाइएको प्रमुख अवस्थीले बताए । उनले भने, “शिक्षा तथा मानव स्रोत विकास केन्द्र छनोट गरी शिक्षा मन्त्रालयले अन्तिम निर्णय गर्छ ।” आगामी फागुन पहिलो हप्तासम्म विद्यालय छनोट भइसक्ने जनाइएको छ ।

उक्त कार्यक्रममा सफल विद्यालयमा दुईकोठे÷चारकोठे भवन निर्माण र कम्प्युटर तथा सूचना प्रविधिको विकास, कम्प्युटर ल्याब स्थापना गरिने शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । उक्त कार्यक्रमअन्तर्गत गत वर्ष यहाँका २०८ विद्यालय सिफारिस भएकामा १३० विद्यालय छनोटमा परेका थिए ।

 

वि.सं.२०७८ माघ २४ सोमवार १६:३८ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...