back
CTIZAN AD

यूनियन ल्यायो जीवन आवरण बीमा योजना

वि.सं.२०७८ माघ २४ सोमवार

696 

shares

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ विशेषतायुक्त प्रकारको जीवन आवरण बीमा योजना संचालनमा ल्याएको छ ।

कम्पनीले बीमा समितिबाट सो योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो । कम्पनीले ल्याएको जीवन आवरण बीमा योजनामा बीमा गर्नेहरुको लागि विविध सुविधाहरु उपलब्ध रहेका छन् ।

बीमा गर्ने ब्यक्ति बीमा अवधि सम्म जिवित रहेमा बीमांक रकम र बोनस उपलब्ध हुनेछ भने बीमा अवधिभित्र कालगतीले मृत्यु भएमा थप बीमांक रकम अर्थात दुई गुणा बीमांक रकम र बोनस उपलब्ध हुने ब्यवस्था रहेको छ ।

यसैगरी दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क रकमको दुई गुणा बीमांक रकम, अतिरिक्त दुर्घटना लाभ वापत एक करोड सम्म र बोनस रकम उपलब्ध हुनेछ ।

उक्त योजना लिन चाहनेहरुले न्युनतम एक लाख रुपैया देखि आयश्रोतको आधारमा चाहे अनुसार बीमांक रकमको बीमा गर्न सक्ने ब्यवस्था रहेको छ । साथै न्युनतम ७ बर्षदेखि अधिकतम २५ बर्ष सम्मको अवधि कायम गरी बीमा गर्न सक्ने कम्पनीले जनाएको छ । यस बीमा योजना अन्तर्गत स्थायी अंगभंग सुविधासमेत उपलब्ध हुनेछ ।

उक्त बीमा योजना लिएका बीमितहरुले बीमालेख अन्तर्गत ऋण तथा समपर्ण सुविधा प्राप्त गर्न सक्ने ब्यवस्था रहेको छ । कम्पनीले प्रचलनमा ल्याएको उक्त बीमा योजनामा भएका प्रावधानहरुबाट बीमा गर्ने ब्यक्तिहरुले अधिक लाभ लिन सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले बताए ।

वि.सं.२०७८ माघ २४ सोमवार २१:३६ मा प्रकाशित

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...