back
CTIZAN AD

हिउँहुरीका कारण गोसाइँकुण्डका धार्मिक यात्रु प्रभावित,उड्नै सकेनन् हेलिकप्टर

वि.सं.२०७८ माघ २५ मंगलवार

753 

shares

रसुवा । हवाईमार्गबाट पवित्र तीर्थ गोसाइँकुण्ड जाने तीर्थयात्रु हिउँहुरीका कारण प्रभावित भएका छन् ।

हेलिकोप्टरबाट गोसाइँकुण्ड जाने तीर्थयात्रीको बुकिङअनुसार कार्यतालिका बनाइए पनि उड्ने समयमा प्रायःजसो अत्यधिक मात्रामा हिउँहुरी चल्न थालेपछि निर्धारण गरिएका उडान पटक–पटक स्थगन गर्नुपरेको हेलिकोप्टर कम्पनीहरूले जनाएका छन् ।

एयरपोर्टबाट करिब २६ मिनेटमा पुग्न सकिने नजिक रहेको तीर्थ गोसाइँकुण्ड भए पनि उडानको समयमा हिमहुरी, सेतो हुस्सुले समस्या बनाउने गरेकाले मौसमको प्रकृति हेरी उडान भर्दै आएको जनाइएको छ ।

सिम्रिक, हेलिअल्टिच्युड, कैलाश, डानेष्टिक, माउण्टेनसमेतका हेलिकोप्टर कम्पनीले आइतबारका दिन तय गरेको धार्मिक उडानसमेत हिमहुरी चलेका कारण स्थगन गर्नुपरेको सम्बन्धित कम्पनीले जनाएका छन् ।

दुई दिनअघि परेको हिमपातले गोसाइँकुण्ड ताल पूरै बरफ भएको छ । डाँडापाखा पूरै सेताम्मे बनाएको र उच्च भागको सतहमा तीनदेखि पाँच फिटसम्म हिउँ जमेको स्थानीय बासिन्दाले बताएका छन् । अत्यधिक हिमपातका कारण गोसाइँकुण्डमा रहेका चारवटा होटलसमेत बन्द गर्नुपरेको होटल व्यवसायी कामीसितार तामाङले बताए ।

धार्मिक मान्यताअनुरूप जिन्दगीमा एकपटक भए पनि पुग्नैपर्ने गोसाइँकुण्ड तीर्थमा पैदलमार्गबाट जान नसक्नेका लागि पछिल्लो समय मौसमको अवस्था हेरी हेलिकोप्टर कम्पनीले उपलब्ध गराएको हावाई सेवाबाट स्थानीय भक्तजन प्रफुल्लित हुँदै आएको पुरोहित टङ्कप्रसाद ढकालले बताए । अत्यधिक हिमपातका कारण पैदलमार्गबाट गोसाइँकुण्ड जाने भक्तजनको ओहोरदोहोर रोकिएको छ ।

विशेषगरी चन्दनबारीबाट माथिल्लो भाग लौरीविनायक, बुद्व मन्दिर, तेरसो ककरोभिर हुँदै कुण्डसम्मको धार्मिकमार्ग हिमपातले पूरै छोपेको छ ।

पानीका पाइपसमेत हिउँले छोपिएका कारण चोलाङपाटीबाट लौरिविनायक एवं गोसाइँकुण्डका होटलसमेत बन्द भएका स्थानीयवासी बताउँछन् । यस्तै सदरमुकाम धुञ्चेसमेतका तल्लो क्षेत्रमा यही शुक्रबार र शनिबार परेको हिउँ भने पग्लिँदै गएको छ ।

समुद्री सतहबाट करिब चार हजार फिटसम्मका हिउँ पग्लिएपछि पैदलयात्रीलाई सहज भएको स्थानीय रेशम तामाङले बताउनुभयो । होचो स्थानका हिउँ पग्लिएपछि चरण क्षेत्र खुला भई पशु आहारामा समेत सहज हुँदै आएको पशुपालक किसानले जानकारी दिएका छन् । रासस file photo

वि.सं.२०७८ माघ २५ मंगलवार ०८:३२ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...