काठमाडौं । ‘न बिर्से तिमीलाई न पाएँ तिमीलाई…’ को नयाँ भर्सनबारे गायिका अन्त पन्त बोलेकी छिन् । गीतको नयाँ भर्सनबारे सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा निकै चर्चा भइरहेका बेला पन्तले मुख खोलेकी हुन् । गायिका पन्तले नयाँ भर्सन बनाइएको प्रति निकै दुःख लागेको भन्दै कलाकारमाथिको ठूलो अन्याय भएको टिप्पणी गरेकी छिन् ।
उही संगीत, उही एरेन्जमेन्टमा नयाँ भर्सनमा गीत सार्वजनिक गर्दै गर्दा ओरिजीनल गायक गायिकाको नामसमेत उल्लेख नगरिनु अन्यायपूर्णं रहेको उनको भनाई छ । यस्तो शैलीले कलाकारमाथि अपमान भएको भन्दै उनले आगामी समय पनि यस्तो विकृति बढ्न सक्ने चिन्ता व्यक्त गरेकी छिन् । उनले यसको समाधान निकाल्न पनि माग गरेकी छिन् ।
पन्तले आफुसँग गीतको कभर बनाउने विषयमा मात्रै कुराकानी भएको भन्दै ओरिजिनल जस्तै बनाउनु निकै गलत भएको बताइन् ।
१० वर्षअघि सार्वजनिक ‘न बिर्से तिमीलाई..’ गीतलाई गायिका रचना रिमालको आवाजमा रेकडेर्ड गरि गत ३ फेब्रुअरीमा ‘किरण क्रियसन युट्युब च्यानल’ मार्फत सार्वजनिक गरिएको थियो । विपिन किरणको शब्द र महेश खड्काको संगीतमा तयार गरिएको गीतलाई फिमेल भर्सनमा अन्जु पन्त र मेल भर्सनमा जगदीश समालले गाएका थिए ।
तर, गायक र गायिकालाई पत्तै नदिई विपिन किरणले नयाँ पुस्ताकी गायिका रचना रिमालको आवाजमा गीत सार्वजनिक गराएका थिए । गायिका रिमालको स्वरमा गीत सार्वजनिक गरिएसँगै गीतबारे चर्चा परिचर्चा भएको थियो ।
अन्जु पन्तकाे स्वरमा रहेकाे गीत
रचनाकाे स्वरमा रहेकाे गीत
वि.सं.२०७८ माघ २६ बुधवार १२:२३ मा प्रकाशित






























