back
CTIZAN AD

क्रोयसिया लैजाने भनेर पैसा लिएका स्याङ्जाली रामप्रसाद फरार (भिडियो सहित)

वि.सं.२०७८ माघ २६ बुधवार

1.7K 

shares

स्याङ्जा । क्रोयसिया लैजाने भनेर दर्जनौ युवाहरुसँग पैसा लिएका स्याङ्जा मिर्दीका रामप्रसाद पंगेनी फरार भएका छन् । फरार भएका पंगेनीले ०७६ साउन २६ गते स्याङ्जा वालिङ र भिरकोटका ११ जना यूवाहरुसँग डेढ लाखको दरले पैसा लिएका थिए ।

भिसा लागेको भनेर यूवाहरुलाई नक्कली भिसाको कागज दिएर पंगेनी पछिल्लो ३ महिनादेखि सम्पर्कविहिन भएको भिरकोट, ५ स्याङ्जाका प्याम प्रसाद अधिकारीले बताए । अधिकारीका अनुसार रामप्रसाद पंगेनीले यूवाहरुसँग पैसा लिएपछि नक्कली भिसाको कागज हातमा थमाएर २/३ पटक सम्म दिल्ली लैजाने काम गरे । ‘दुइ पटक सम्म हामी ७ जना साथीहरु दिल्ली गयौं, तर उनले हामीलाई होटलमा बस्न भनेर दुतावास नै पुर्यानन । पछि ३ जना साथीहरुलाई पनि उनले दिल्ली सम्म पुर्याएछन र होटलमा राखेछन् र फरार भएछन् । ति साथीहरु खर्चविहिन भएपछि हामीले यताबाट पैसा खोजेर पठायौं र उनिहरु घर फर्के,’ अधिकारीले सन्सारन्युजलाई बताए ।

यूवाहरुले रामप्रसादलाई पैसा बुझाउँदाका तस्विरहरु

No description available.

No description available.

रामप्रसादलाई क्रोयसिया जाने भनेर पैसा बुझाउँदा यूवाहरुले प्रमाणको रुपमा फोटो र भिडियो खिचेर राखेका छन् । साथै आँफुहरु ठगिने स्थिति आएमा त्यसको कानुनी उपचारको लागि लेनदेनको समेत कागज बनाएको प्रेमप्रसाद बताउँछन् । ‘आफ्नै ठाउँको चिरपरिचित मान्छे भनेर हामीले विश्वास गरेर पैसा दियौं तर उनको नियत हामीलाई ठग्ने रहेछ । उनले हामीलाई ठग्ने काम मात्रै गरेनन् दिल्लीमा पुर्याएर अलपत्र पार्ने काम समेत गरे,’ प्रेमप्रसादले दुखेसो पोखे । प्याम प्रसाद अधिकारीका अनुसार उनि सहित उनका १० जना साथीहरुले एकैपटक रामप्रसादलाई पैसा बुझाएका थिए । जसमा वालिङ ९ का कृष्ण श्रेष्ठ, मजोजकुमार श्रेष्ठ र मिलन एसके रहेका छन् । त्यस्तै वालिङ १४ का सनम श्रेष्ठ, बिजय श्रेष्ठ (क), दिपेन्द्र श्रेष्ठ, बिजय श्रेष्ठ (ख), अर्जुन एसके, रोसन श्रेष्ठ र अमित श्रेष्ठ रहेका छन् ।

यूवाहरुले रामप्रसादलाई पैसा बुझाउँदाको भिडियो

https://www.facebook.com/100010555565821/videos/912663596064082

दिल्लीमा लगेर दुताबास नपुर्याउने र अलपत्र पार्ने काम गरेपछि आफुहरुले प्राप्त गरेको भिसामा शंका लागेर दुताबासलाई इमेल गरेको अधिकारी बताए । अधिकारीका अनुसार दुतावासले इमेल झुठा भएको जानकारी दियो । ‘हामीले न्याय माग्ने कानुनी बाटो त छँदैछ, सुनेअनुसार उनले दर्जनौ यूवाहरुलाई ठगिसकेकाछन् । अब थप यूवाहरु नठगिउन भनेर हामीले सञ्चार माध्यमलाई जानकारी गराउन चाहेका हौैं,’ पिडित अधिकारीले सन्सारन्युजलाई बताए। रामप्रसादले पैसा लिएका यूवाहरुलाई एउटा भारतीय सहित ५ वटा मोबाइल नम्बर उपलब्ध गराएका थिए । तर ती सबै नम्बरहरु अहिले स्विच अफको अवस्थामा रहेका छन् ।

रामप्रसादले युवाहरुलाई भिसाको रुपमा दिएको नक्कली कागज

No description available.

No description available.

No description available.

रामप्रसादले यूवाहरुलाई उपलब्ध गराएको मोवाइल नम्बर

+917014771012, 9822866280, 9829649306, 9842827801, 9846341578 । यी सबै मोबाइल नम्बरहरु अहिले स्विच अफको अवस्थामा रहेका छन् ।

 

वि.सं.२०७८ माघ २६ बुधवार १२:४३ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...