back
CTIZAN AD

कांग्रेसले आफ्नै कार्यालय भवन बनाउने

वि.सं.२०७८ माघ २६ बुधवार

897 

shares

गलकोट । कांग्रेसले आफ्नै कार्यालय भवन बनाउने भएको छ । बागलुङ कांग्रेसले आफ्नै पार्टी कार्यालय बनाउने अभियानलाई क्रमशः सार्थकता दिलाउन थालेको छ । पार्टी कार्यालयका लागि कांग्रेस बागलुङले छोटो समयमै घडेरी व्यवस्थापन गरिसकेको छ । १४ औँ महाधिवेशनपश्चात सभापति जीत शेरचनले निर्वाचनपछि आफ्नै पार्टी कार्यालय बनाउने घोषणा गरेका थिए ।

अहिले नेपाली कांग्रेसको पार्टी कार्यालय बनाउने अभियान अन्तर्गत बागलुङ नगरपालिका-३ नारायणचोकमा १४ आना जग्गा व्यवस्थापन भइसकेको र भवन निर्माणका लागि सहयोग सङ्कलन अभियानलाई तीव्रता दिएको कांग्रेस बागलुङका सभापति जीतबहादुर शेरचनले बताए । शेरचनले रु दुई करोड पाँच लाखमा जग्गा खरिद गरेर भवन निर्माणको लागि नक्शाको काम भइरहेको बताए । सुविधा सम्पन्न पार्टी कार्यालय बिपी स्मृति भवन निर्माणका लागि अहिले नेपाली कांग्रेसका नेता तथा शुभेच्छुकहरुले धमाधम सहयोग प्रदान गरिराखेका छन् । शेरचनले सुविधा सम्पन्न भवन निर्माणका लागि पाँच करोड खर्च अनुमान गरिएको बताए ।

जग्गा खरिदसहित भवन निर्माणका लागि पार्टीले अहिलेसम्म विभिन्न व्यक्तिबाट रु ३० लाख सङ्कलन गरिसकेको छ । कांग्रेस बागलुङले जग्गा खरिद, भवन निर्माण र कार्यालय सञ्चालनका लागि कोष निर्माण गर्न भन्दै आफूहरुको रु १० करोड उठाउने लक्ष्य रहेको जनाएको छ ।

“कांग्रेसका धेरै नेता, कार्यकर्ता र शुभेच्छुकहरुले उत्साहजक रुपमा पार्टीको भवन निर्माणका लागि सहयोग गरिराख्नुभएको छ, छोटो समयमै रु ३० लाख बढी रकम सङ्कलन भइसकेको छ”, सभापति शेरचनले भने, “ १० करोड उठाउने लक्ष्य छ, सबेले सहयोग गर्छौं भनिरहेका छन्, उठेको रकममध्ये जग्गा व्यवस्थापन र भवन निर्माण पश्चात बाँकी रहेको रकम पार्टी व्यवस्थापनमा खर्च गरिनेछ ।”

पार्टी कार्यालयको लागि १० आनामा भवन बन्ने छ । भवन ६ तलाको बन्ने सभापति शेरचनले बताए । उनले दुई वर्षमा पार्टीको कार्यालय निर्माण भइसक्ने बताए । अहिले बागलुङ नगरपालिका-२ लोकतान्त्रिक चोक नजिकै घर भाडामा लिएर पार्टीको कार्यालय सञ्चालन गरिदै आएको छ । कार्यालय सञ्चालनका लागि पार्टीले मासिक २० हजार घर भाडा तिर्दै आएको छ । भवन सभाहलसहितको हुनेछ ।
रासस

वि.सं.२०७८ माघ २६ बुधवार १३:४४ मा प्रकाशित

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...