back
CTIZAN AD

के हो इज्जत ? कसरी जान्छ इज्जत ?

वि.सं.२०७८ माघ २६ बुधवार

3.9K 

shares

समाजमा धेरै प्रयोग गरिने शब्द हो इज्जत । त्यो पनि पुरुषभन्दा बढी महिलाका सन्दर्भमा प्रयोग हुने शब्द हो यो । तर, यसको आकार, प्रकार रुप अनि रंग कस्तो हुन्छ भन्ने कसैलाई थाहा छैन । यो निस्कन्छ त केवल मुखबाट ‘हेर हैं इज्जत राख’।

छोरी वस्यक हुँदा बाबुआमाले भन्छन्– छोरी हाम्रो इज्जत फालेर अर्कोसँग नभाग हैं । त्यसपछि बिहेवारी भएपछि श्रीमान्को घरमा पुग्छिन् अनि सासु–ससुरा र जेठाजुहरुबाट यी शब्द निस्कन्छन् ‘बुहारी हाम्रो घरको इज्जत राखिदेउ है ।’ अनि श्रीमान् भन्छन्– ‘बुढी हाम्रो इज्जत राख् हैं ।’ अझै कतिपय अवस्थामा दिदी बहिनीहरुले पनि प्रयोग गर्ने शब्द होे ‘हाम्रो इज्जत नफाल हैं ।’ अनि साथी भाइमा धेरैजसो महिला साथीमाथि नै प्रयोग हुन्छ यो शब्द । ‘फलानीसँग बेकार संगत गरिएछ उसले त इज्जतै फाली ।’

तर, यो शब्द दाजुभाइ, श्रीमान्, ससुरा, जेठाजु, देवरलगायतका सम्बन्धमा भने त्यति प्रयोग भएको पाइदैन । यदि कुनै छोराले घरमा श्रीमती छँदा छँदै अर्को केटी वा बाहिरी महिलासँग सम्बन्ध राख्यो भने गर्वले भनिन्छ–‘लोग्नेमान्छेको इज्जत जाँदैन जाने त महिलाकै हो ।’ अहँ कति सजिलो छ यो समाज, जहाँ पुरुषलाई जति जनासँग पनि सम्बन्ध राख्ने छुट दिन्छ ।

त्यसो त पछिल्ला समयमा महिलाले पनि आफ्लाई मनपर्ने मानिसलाई साथी बनाएको वा स–साना छोराछोरी र श्रीमानलाई छाडेर अर्कैसँग भागेका पनि छन् । तीनलाई म सहि हो भन्दिन । तर, कसैले बाध्यतामा कसैसँग सम्बन्ध बनाएर आफ्नो दुःख सारेको छ भने त्यो उसको अधिकार हो । तर, त्यहि सम्बन्धलाई गलत र इज्जत फाली भन्ने हाम्रो अधिकार के ?

हो, कोही महिलाले कसैसँग सम्बन्ध गाँसेर, घर, परिवार अनि समाजलाई असर हुने काम गरेको छ र त्यसले समाजलाई समेत असर पारिरहेको छ भने उसलाई सम्झाएर त्यो राम्रो होइन भनेर रियलाइज गराउन सकिन्छ । उसलाई तिमी यस्तो मान्छे होइनौं, कुनै बाध्यता छ कि भनेर सोध्न सकिन्छ । तर, सिधै उनलाई औला ठडाएर उसको व्यक्तिगत जीवनमाथि हक जमाउने अधिकार कसैको हुँदैन ।

एकजना साथी भन्दै थिइन्– उनका दाजुको मृत्यु भएपछि सबैले तेरी भाउजु फलनासँगको सम्बन्धमा छे भनेर दैनिकी  ती पुरुष आउने र जाने गरेको कुरा सुनाउन थालेछन् । अनि उनी आफ्नी भाउजुलाई सम्झाउन गइछन् । भाउजु भएको ठाउमा पुगेर भनिछन्– भाउजु तपाई फलानासँग लाग्नु भयो रे दिनहुँ यस्तो कुरा सुनाउन थाले आफन्तहरुले ।’

अनि भाउजुले भनिछन्– हो मैयाँ म फलानासँगको सम्बन्धमा छु । उसले मेरो छोराछोरीको पढाइमा सहयोग गरेको छ । म बसेको कोठाको भाडा तिरेको छ अनि मेरा समस्या र पीडामा साथ दिएको छ । यहाँसम्मकी बोरा चामल पनि उसैले बोकेर आउँछ । त्यो व्यवस्था तपाईँले गर्न सक्नुहुन्छ ? मलाई दुई÷चार पैसा कमाएर खाने बाटो देखाइदिन सक्नुहुन्छ ? तपाई यो समाजमा गन्ने मान्ने मान्छे हुनुहुन्छ तपार्इँले मेरा लागि त्यति कष्ट गरिदिन सक्नुहुन्छ ?’ जब भाउजुको जवाफ सुनिन् अनि अवाक भइछन् मेरो साथी । भनिन– भाउजुमाथि औला ठड्याउने मेरो अधिकार के ? के मैले मेरी भाउजु र मेरा भदा भदेनीका लागि १ किलो चामल वा १ किलो स्याउ किनिदिन सकेकी छु र ? अनि भाउजुले भनेजस्तो व्यवस्था मैले गरिदिन सक्छु त ? यी सबै सक्छु भने मैले भाउजुमाथि औला ठड्याउन जायज हुन्छ । तर मैले यो सब गर्न सक्दिन भने भाउजुमाथि मैले औला ठड्याउनु के जायज हो र यो त सरासर गलत हो भनेर ‘भाउजु आफ्नो ख्याल राख्नु भनेर फनक्क घर फर्किए ।’

त्यहाँ आफ्नो र परिवारको इज्जत ठूलो ठानेर भाउजु सम्झाउन गएकी मेरी साथि तथा उनको परिवारको कत्तिको भूमिका थियो त भाउजुले अन्य पुरुषको सहारा लिनुपर्ने भन्ने मनन गर्न जरुरी छ ।

त्यस्तै, आमा–बुवा, सासु–ससुरा, जेठाजु–देवर, दाजुभाइले पनि उनको मनोभावना बुझेर काम गरिदिनुपर्ने हुन्छ । घरमा छोराछोरी बिरामी भए उनलाई अरुको घरमा गएर पैसा मागेर उपचार गराउन बाध्य बनाउने परिवार नै हुन्छन् । यदि उनीहरुले उनको मनोबल बुझेर काम गरिदिने हो भने परिवारले परिभाषा गरेको ‘इज्जत’ जाँदैन कि !

त्यस्तै यो पनि सोच्न जरुरी छ कि आफ्नी छोरी, आफ्नी श्रीमती, आफ्नी बुहारी अनि दिदी बहिनी कसैसँग बोल्नै नहुने भन्ने त होइन । के उनी स्वचालित मसिन हुन र आफ्ले जसरी चाह्यो त्यसरी चलाउने ? के उनलाई आफुले के गर्दा राम्रो हुन्छ र हुँदैन भन्ने कुरा थाहा हुँदैन र ? यदि उनले परिवार, आफन्त र समाजले भनेजस्तो ‘इज्जज’ फाल्दा घाटा र समस्या त उनैलाई हुन्छ नि होइन र ? त्यसको परिणाम र भोग्नुपर्ने त उनैले हो नि । उनलाई पनि थाहा हुन्छ र हुनुपर्छ कि, म को सँग बोल्दा उसको आफ्लाई हेर्ने नजर र वा सोचका बारेमा उनले पनि त मूल्यांकन गर्न सक्छिन् । उनी त्यस्ता व्यक्तिहरुसँग दूरी बनाउन पनि सक्छिन अनि सोच्न सक्छिन् कि– त्यस्ता व्यक्तिहरुसँग सम्बन्ध बढाउन के जरुरी छ भन्ने ।

इज्जत दुवै तर्फबाट निभाउन जरुरी हुन्छ । यदि इज्जत जान्छ भने दुवैतर्फको जान्छ होला । त्यसैले पनि बरु उनलाई सक्षम बनाऔं । समाजमा रहेका गलत र सहि के हो छुट्याउन सक्ने मनोबल बढाऔं । उनको दुःख र पीडामा साथ दिउँ । उनलाई समाजभित्रका मात्रै नभएर समाज बाहिरका विकृतिहरुका बारेमा पनि जानकारी गराऔं । उनले गलत बाटो अपनाएको भएपनि भरी समाज र परिवारका सदस्यका अगाडि नभएर एकान्तमा राखेर सम्झाउने र त्यो ठिक होइन भनेर सल्लाह दिऔं ।

आर्थिक तथा भौतिक रुपमा सहयोग गरौं । अनी मुख्यतः माया हो । माया गरौं । मलाई बाबुआमा, परिवार तथा श्रीमान्ले यतिधेरै माया गर्दागर्दै मैले यस्तो बाटो अपनाउन हुन्न भने रुपमा तयार गरौंं । पहिलो त आफु मान्छे भएजस्तै उनलाई पनि मान्छे हुन् भन्ने सौंच्यो र त्यहिअनुसार सम्मान अनि व्यवहार गर्यौ भने तपाईँले भनेजस्तो ‘इज्जत’ जाँदैन कि ।

वि.सं.२०७८ माघ २६ बुधवार १३:३९ मा प्रकाशित

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सरबाट जोगिन के गर्ने ? हिन्दीमा एउटा भनाइ छ, "जब...

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

पर्वत जिल्ला, महाशिला लुँखुका स्व गुप्तबहादुर मल्ल र श्रीमती सय...

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

भोजपुर, २३ जेठ – मलेसियामा करिब छ वर्ष रोजगारी गरेर फर्किएका...

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

फेरि नयाँ संसद भित्र धक्कामुक्का भयो।  युट्यूव तथ टेलिभिजन स्क्रिनमा...

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

पोल्याण्ड – विदेशी भूमिमा नेपाली सामानको ब्रान्ड बनाउन दशकौं संघर्ष गरेका...