२६ माघ, काठमाडौँ । भारत र वेस्टइंडिज बिचको दोस्रो एकदिवसीयमा भारतले टस हारेर पहिले ब्याटिङ्ग गर्ने भएको छ । दोस्रो एकदिवसीयमा वेस्टइंडिजको कप्तानी निकोलस पुरनले गर्ने भएका छन । काइरन पोलार्ड चोटको कारणले दोस्रो एकदिवसीयबाट बाहिरिए पछि निकोलस पुरनले कप्तानी गर्ने भएका हुन ।
भारतले आफ्नो प्लेइङ्ग-११ मा १ परिवर्तन गरेको छ । पहिलो एकदिवसीयमा उपलब्ध नरहेका भारतीय एकदिवसीय क्रिकेट टिमका उपकप्तान केएल राहुल दोस्रो खेलका लागि टिममा फर्केका छन । उनी इशान किसनको स्थानमा टिममा प्रवेश गरेका छन ।
त्यसैगरी वेस्टइंडिजले पनि आफ्नो प्लेइङ्ग-११ मा १ परिवर्तन गरेको छ । वेस्टइंडिजले काइरन पोलार्डको स्थानमा ओडियन स्मिथलाई प्लेइङ्ग-११ मा मौका दिएको छ ।
यी दुई टिम बिचको पहिलो एकदिवसीय नेपाली समय अनुसार १:४५ बाट सुरु हुने छ ।
भारतको प्लेइङ्ग-११
रोहित शर्मा , केएल राहुल, विराट कोहली, ऋषभ पन्त, सूर्यकुमार यादव, दीपक हुडा, वाशिंगटन सुन्दर, शार्दुल ठाकुर, मोहम्मद सिराज, युजवेन्द्र चहल, प्रशिद कृष्ण
वेस्टइंडिजको प्लेइङ्ग-११
शाई होप, ब्रान्डन किंग, ड्यारेन ब्राभो, शमारह ब्रुक्स, निकोलस पूरन, जेसन होल्डर, अकेल होसेन, फेबियन एलेन, ओडियन स्मिथ, अल्जारी जोसेफ, केमार रोच ।
वि.सं.२०७८ माघ २६ बुधवार १३:२९ मा प्रकाशित



























