back
CTIZAN AD

एनआरएनएको निर्वाचन बिथोल्न यस्ता सम्म प्रयत्न गरिएका छन्–उपाध्यक्ष, डा. केसी

वि.सं.२०७८ माघ २६ बुधवार

753 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष तथा आगामी नयाँ कार्यकालका लागि अध्यक्षको उम्मेदवारी घोषणा गरेका डा. बद्री केसीले निर्वाचन विथोल्नका लागि केही व्यक्तिबाट विभिन्न हर्कत भएको बताएका छन् ।

एनआरएनएको १० औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन सम्बन्धमा चौतर्फी चासो एवं चिन्ता व्यक्त भइरहेको र संघ भित्रका विवादीत विषयमा अथक, प्रयत्न, हदैसम्मको लचकता अपनाउँदा पनि निर्वाचन अझै अन्योलपूर्ण रहेको समेत उनले बताएका छन् ।

‘गत वर्षको जुलाई ३१ भित्रै ६४ एनसीसीको निर्वाचन सम्पन्न भई आइसीसी महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लागिसकेको यहाँहरुलाई विदितै छ’ डा. केसीले भनेका छन्, ‘यस बीचमा महाधिवेशन प्रतिनिधिका विषयमा केही एनसीसीमा देखिएको असन्तुष्टिले वर्तमान असहज अवस्था सिर्जना भएको तर यस परिस्थतिलाई सहज बनाउन र असन्तुष्टि समेत सम्बोधन भइसकेकोको अवस्थामा पनि निर्वाचनलाई अनिर्णयको बन्दी बनाइराख्नु वास्तवमा न्यायोचित छैन ।’

डा. केसीले संघका सबै पक्षलाई समेटेर सबैखाले असन्तुष्टिको अन्त्य गर्ने उद्देश्यले नै पटक–पटक समस्या समाधानका लागि पहल भएको बताउँदै ती प्रयासहरु विधि, विधानसम्मत छन् भन्ने ठहर पाटन उच्च अदालतले समेत गरिसकेको दावी समेत गरेका छन् ।

त्यस उपरान्त पनि संघका अध्यक्ष कुमार पन्तद्वारा गठित ५ सदस्यीय समितिले अघिल्लो महिनाको (जनवरी) पहिलो साता पनि सबै पक्षसँग घनीभूत छलफल गरी ७ बुँदे सहमति समेत जुटाइएको विदितै छ,’ डा. केसीले भनेका छन् , ‘यस बाहेक पनि आइसीसी बैठकको निर्णय, विधान व्याख्या समितिको निर्णय र पछिल्लोपटक संरक्षक शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गठन गरेको कार्यदलले तयार पारेको प्रतिवेदनले समेत प्रतिनिधि छनोट वैधानिक भएको आधारहरु पुष्टि गरिसकेको छ ।’

तर, यी सबै आधारहरुलाई वेवास्ता गरी, पटक पटक निर्वाचनलाई अन्योलपूर्ण बनाएर विधि,पद्धत्ति, वैधानिक व्यवस्था विपरित मार्गमा जानु कत्तिको उचित होला ? र भोलिका दिनमा कस्तो नजीर स्थापित गर्ला भन्ने कुरा सबैले आ–आफ्नो स्थानबाट आत्मसमिक्षासहित सोच–विचार गर्नैपर्ने देखिएको डा. केसीले बताएका छन् ।

‘निर्वाचन सम्पन्न गर्न हदैसम्मको लचकता अपनाउँदा पनि केही शक्ति केन्द्रको आडमा साइबर क्राइमको नाममा झूठा र आधारहिन आरोप लगाई निर्वाचनमा उम्मेदवारी घोषणा गरेका संघका पदाधिकारीको मनोबल गिराउने मनसाय समेत देखिएको छ । तर, हामी विश्वस्त छौँ कि यसमा पनि सत्यकै जित हुनेछ ।’ डा. केसीले भनेका छन् ।

डा. केसीले यस्ता गतिविधिलाई निर्वाचन बिथोल्ने प्रपञ्चकै रुपमा हामीले लिएको बताउँदै संघको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रअरी २८ तारिखमा सम्पन्न गर्न सम्पूर्ण आन्तरिक तयारी पुरा भइसकेको अवस्थामा पनि विभिन्न प्राविधिक समस्या देखाएर निर्वाचन गर्न नदिनुपर्ने कुनै स्पष्ट आधार नदेखिएको पनि उनको दावी छ ।

‘निर्वाचनमा भएको ढिलाईले विश्वभरका ३६०० बढी गैरआवासीय नेपालीहरुको मतदानको अधिकार मात्रै खोसिएको छैन उनीहरु संस्थाप्रति उदासिन बनेका छन् । साथै, यस अन्योलले समग्र गैरआवासीय नेपाली संघको छवि धमिलिँदै विकृतिहरु बढेको भान परेको छ, डा. केसीले भनेका छन्, ‘संघलाई वैधानिक रुपमा अघि बढाउन पनि निर्वाचनको विकल्प छैन । त्यसैले संघको निर्वाचनलाई सुनिश्चित गर्न निर्वाचनको कार्यतालिका प्रकाशन गर्न निर्वाचन समिति समक्ष माग गर्दछु ।’

डा. केसीले महाधिवेशन प्रतिनिधिमा देखापरेको असन्तुष्टि सम्बोधन गर्न यसअघि गठित घले नेतृत्वको उच्चस्तरीय समितिले गठन गरेको कार्यदलको समेत समयावधि सकिसकेको हुँदा तत्काल आइसीसी कार्यसमितिको बैठक बोलाई थप निर्णय गर्न समेत आग्रह गरेका छन् ।

वि.सं.२०७८ माघ २६ बुधवार १३:१९ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...