कम बौद्धिक सक्षमता भएको व्यक्ति ज्यादै ढिलो सिक्ने हुन्छ र प्रायः आफूले सिकेको कुरा छिटो बिर्सन्छ । कम बौद्धिक सक्षमतालाई सुस्त मनस्थिति (Mental Retardation) पनि भनिन्छ ।
हलचल गर्ने, बोलीचाली र दैनिक क्रियाकलापहरु सिक्ने क्रममा बच्चाहरु आफ्नै उमेरका अन्य बच्चाहरुको दाँजोमा निकै ढिलो सिक्दछन् । बच्चालाई अरुसँग कसरी व्यवहार गर्ने भन्नेकुरा सिक्न पनि कठिनाइ पर्दछ । कम बौद्धिक सक्षमतालाई कम सिकाइ सक्षमता वा सिकाइ सम्बन्धी कम सक्षमता पनि भनिन्छ । अझै पनि कोही एशियाली मुलुकहरुमा सुस्त मनस्थिति शब्दको पनि प्रयोग गरिन्छ । अझै पनि केही एशियाली मुलुकहरुमा सुस्त मनस्थिति शब्दको पनि प्रयोग गरिन्छ । तर पनि पश्चिमी भएका र हाल प्रयोग हुन छाडेका शब्दहरुमा मोउरन (Morons) वा बुद्ध, इम्बेसाइल (Imbeciles) वा अल्प बुद्धि मूढ र मङ्गोल्वाइड पर्दछन् । यी शब्दहरुको प्रयोग गरि सम्बोधन गर्नु कहिल्यै उचित मानिँदैन । डाउन्ज सिन्ड्रोम एक विशेष प्रकारको कम मानसिक सक्षमता हो ।
कम बौद्धिक सक्षमताका लक्षण तथा चिन्हहरु के के हुन्छन् ?
कम बौद्धिक सक्षमता विभिन्न किसिमका हुन्छन् । कसै कसैमा नरम वा मध्यम खालको कम बौद्धिक सक्षमता हुन्छ । यस्ता व्यक्ति आफ्नो जीविका चलाउन र काम गर्न सक्दछन् । तर कसै कसैमा चर्को खालको समस्या पनि रहेको हुन्छ । शारीरिक रुपमा उनीहरु प्रौढ बनेका हुन्छन् तापनि उनीहरु सिधै बच्चाको जस्तो व्यवहार गर्दछन् । उनीहरुको सँधै स्याहार सुसार गर्नुका साथै कुनै न कुनै किसिमका सहयोग प्रदान गर्नुपर्ने हुन्छ ।
कम बौद्धिक सक्षमता भएका व्यक्तिहरु शारीरिक दृष्टिले अन्य सामान्य व्यक्ति सरह नै देखिन्छन् । तर उनीहरुको बोलाई र व्यवहारबाट थाहा हुन्छ की उनीहरु अरु भन्दा की कुरामा भिन्न छन् ।
कुनै कुनै कम बौद्धिक सक्षम मात्र भएको हुन्छ । तर कसै कसैमा भने कम बौद्धिक सक्षमताको साथै मस्तिष्क पक्षाघात जस्ता कम शारीरिक सक्षमता पनि भएको हुन्छ । कम बौद्धिक सक्षमता भएका व्यक्तिहरुमा छारेरोगको समस्या पनि भएको पाइन्छ ।
कुनै कुनै बौद्धिक रुपले कम सक्षम व्यक्तिमा जटिल व्यवहारहरु देखा पर्दछन् । जस्तै अटिज्म (Autism)
कम बौद्धिक सक्षमता एक असाधारण प्रकारको असक्षमता हो किनकी यस प्रकारको समस्या भएका व्यक्तिहरु आफू कम सक्षम भएको कुराबारे सचेत भएको हुँदैनन् । तर उनीहरुका परिवारमा यो एक ठूलो सामाजिक समस्या बन्न सक्छ । खासगरी यस्ता व्यक्ति राम्रोसँग बोलचाल गर्न नसक्ने एवम् सही ढंगबाट व्यवहार गर्न नसक्ने जस्ता समस्या भएको हुन्छन् । यो समस्या समुदायका लागि पनि एक कठिन समस्या हुन सक्दछ ।
कहिलेकाहिँ बच्चा कम बौद्धिक सक्षमता भएको जस्तो देखिन्छ जबकी उनीहरुमा सुनाईको समस्या(कान नसुन्ने) भएको हुन्छ । बच्चासँग बोल्दा, उसलाई कुनै कुरा सिकाउँदा(उत्प्रेरणा दिँदा) र उनीहरुले कुन रुपमा सिक्छन् वा अनुकरण गर्दछन् भन्ने कुराको आधारमा मात्र हामी उसको भिन्नता थाहा पाउन सक्दछौँ । यदि बच्चालाई बहिरोपन वा कान नसुन्ने समस्या मात्र भएको छ भने उनीहरु अरुको अनुकरण गर्न र विभिन्न कुराहरु सिक्न सक्दछन् । तर यदि कम बौद्धिक सक्षमता भएको हो भने उनीहरु त्यस्ता कार्यहरु ज्यादै ढिलो मात्र सिक्दछन् । अतः यी दुई बीचको भिन्नता थाहा पाउनु निक्कै आवश्यक छ ।
कम बौद्धिक सक्षमता के कारणबाट हुन्छ ?
– कम बौद्धिक सक्षमता मस्तिष्कमा क्षति पुग्नाले हुन जान्छ । दिमाग वा मस्तिष्कमा विभिन्न कारणले गर्दा क्षति पुग्न सक्छ । ती हुन् :
आमाको गर्भमा रहँदा शिशुको विकासमा गडबडि आउनाले । धेरै जसो अवस्थामा कारण थाहा हुन सक्दैन । यद्यपी केही कारण तत्वहरुले गर्दा यसको खतरालाई बृद्धि गरिदिन्छन् ।
– कुनै कुनै बच्चा जन्मँदा निक्कै कठिन र लामो समय लाग्ने हुन्छ । यसबाट मस्तिष्कमा क्षति पुग्न सक्दछ ।
– दुर्घनाको कारणबाट पनि मस्तिष्कमा क्षति पुग्न सक्दछ ।
– मेनेन्जाइटिस, मलेरिया र बेसरी चर्को ज्वरो आउने जस्ता रोग वा बिरामीको कारणले ।
– कुपोषणको कारण गर्दा ।
– अन्य केही रोगहरु जसले गर्दा मस्तिष्क राम्ररी विकास हुन पाउँदैन ।
– तर धेरै जसो कम बौद्धिक सक्षमतका कारणहरु थाहा पाउन सकिँदैन ।
(उल्लेखित जानकारी ह्याण्डीक्याप ईण्टरनेशनलद्वारा प्रकाशित पुस्तिकाबाट लिइएको हो । कम बौद्धिक सक्षमताको रोकथाम कसरी गर्न सकिन्छ भन्ने बारे अर्को दिन प्रकाशित गरिनेछ ।)
वि.सं.२०७८ माघ २६ बुधवार १३:१५ मा प्रकाशित






























