काठमाडाैं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० सम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।
एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले वैशाख ९ गतेदेखि एसईई सञ्चालन हुने जानकारी दिए । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन तय गरेकाले त्यसअघि नै परीक्षा गरिसक्न वैशाख ९ तोकिएको बोर्डले जनाएको छ।
यस वर्ष एसईईमा ५ लाख ८ हजार परीक्षार्थी सहभागी हुने प्रारम्भिक अनुमान छ । परीक्षाको विषयगत समयतालिका बिहीबार सार्वजनिक गरिने रायमाझीले बताए ।
कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले एक महिना ढिलोगरी परीक्षा तालिका तय गरेको हो।
वि.सं.२०७८ माघ २६ बुधवार १८:०४ मा प्रकाशित






























