back
CTIZAN AD

विभाजनको संघारमा जसपा : बहुमत जुटाउन नसके बाहिरिने तयारीमा भट्टराई पक्ष

वि.सं.२०७८ माघ २६ बुधवार

1.3K 

shares

काठमाडौं । महन्थ ठाकुर पक्ष अलग भएको ६ महिना नपुग्दै जनता समाजवादी पार्टी (जसपा) पुनः विभाजनको दिशातिर पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीचको द्धन्द्ध चर्किँदै जाँदा जसपा फुटको संघारमा पुगेको हो । विवाद बढ्दै जाँदा भट्टराई पक्ष पार्टी नेतृत्व नपाए बाहिरिने तयारीमै जुटेको छ ।

केन्द्रीय समितिमा ५१ प्रतिशत पु¥याएर जसपाको नेतृत्व लिने नभए पार्टीबाट अलग हुने भट्टराई समूहको तयारी छ । जसपाका एक नेताले बताएअनुसार केन्द्रीय समिति बैठकमार्फत उक्त विषय छिनोफानो गर्ने तयारी भएको छ ।

जसपामा मन्त्री छनोटदेखि नै विवाद उठेको थियो । जुन विवाद राष्ट्रिय सभा निर्वाचनसँगै बढेको हो । प्रदेश १ मा आफ्ना उम्मेदवार हेमराज राई पराजित भएसँगै भट्टराई पक्ष आक्रोशित भएको थियो । भट्टराई पक्षले निर्वाचनमा यादव पक्षले मत नहालेको निष्कर्ष निकालेको छ ।

विकल्पमा तीन जना अध्यक्षको प्रस्ताव

अहिले जसपाभित्र पार्टी अध्यक्षको जिम्मेवारीमा उपेन्द्र यादव छन् भने केन्द्रीय परिषद् अध्यक्षको रुपमा बाबुराम भट्टराई छन् । तर, यादवले आफुँ मुख्य अध्यक्ष भएको भन्दै निर्णयहरु आफुँ अनुकुल गर्दै आएका छन् ।

भट्टराई पक्षले अहिले विकल्पमा सामूहिक नेतृत्वको मुद्दा उठाईरहेको छ । भट्टराई पक्षले तीन अध्यक्षको व्यवस्था हुनुपर्ने माग राखेको छ । आदिवासी, खसआर्य र मधेशी गरी भिन्न–भिन्न कलस्टरको नेतृत्व हुनुपर्ने माग भट्टराई पक्षको छ । पार्टीको विधानमै संघीय परिषद् अध्यक्ष र दुई वटा कार्यकारी अध्यक्ष व्यवस्था उल्लेख गरिएको भन्दै भट्टराई पक्षले कार्यान्वयनको माग गरिरहेको छ ।

तर, यादव पक्षले भने भट्टराई पक्षले उठाउँदै आएको मागलाई अस्वीकार गरेको छ । जनमत आफ्नो पक्षमा भएको निष्कर्षसहित यादव पक्षले भट्टराई पक्षका मागहरुलाई अस्वीकार गर्दै आएको छ ।

दुई पक्षबीच चर्किँदै आएको द्धन्द्ध अहिले वार कि पारको अवस्थामा पुगेको हो । अहिले दुवै पक्षले सकेसम्म पार्टी नेतृत्व हात पार्ने नभए अलग हुने तयारी गरिरहेका छन् ।

वि.सं.२०७८ माघ २६ बुधवार १७:५५ मा प्रकाशित

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...