back
CTIZAN AD

होटल याक एण्ड यति बन्द गर्न सरकारको निर्देशन

वि.सं.२०७८ माघ २७ बिहीवार

768 

shares

काठमाडौं । सरकारले होटल याक एण्ड यतिले सरकारलाई बुझाउनु पर्ने राजस्व नबुझाएको भन्दै होटल तथा होटलभित्र रहेको क्यासिनो सन्चालनमा रोक लगाएको छ ।

पर्यटन विभागले काठमाडौंको दरबारमार्गमा रहेको होटल याक एण्ड यतिले सरकारलाई बुझाउनु पर्ने रोयल्टी, इजाजत नविकरण दस्तुर लगायत गरेर ४२ करोड २५ लाख ६८ हजार २ सय रुपैयाँ बुझाउन बाँकी रहेको भन्दै मन्त्रिस्तरीय निर्णय अनुसार होटल, क्यासिनो बन्द गर्न तथा होटलको पाँचतारे स्तर समेत रद्द गरिएको सूचना जारी गरेको छ ।

सरकारलाई तिर्न बुझाउन बाँकी रहेको सन्दर्भमा गत विगत वर्षहरुमा पनि पटक–पटक पत्राचार गरिएको, सार्वजनिक सूचना मार्फत् जानकारी गराइएको तथा चालु आ.वको कार्तिकमा पैतिस दिने र पुषमा १५ दिने अवधि तोकि पत्राचार गरिएको र अन्तिम समय माघ १९ मा समेत सूचना जारी गएिकोमा तोकिएको समयमा रकम दाखिला नगरेपछि इजातपत्र रद्द गरिएको सूचनामा उल्लेखछ ।

‘क्यासिनो नियमावली २०७० को नियम १४ बमोजिम त्यस होटलको नाममा जारी भएको क्यासिनो संचालन इजाजत पत्र रद्द गर्ने, होटलको पाँच तारा स्तरको स्तर वर्गीकरण प्रमाणपत्र रद्द गर्ने, होटलको नाममा रहेकमो सम्पूर्ण अचल सम्पत्ति रोक्का राख्ने र बैंक तथा वित्तिय संस्थामा रहेका बैंक खाता तथा वित्तिय कारोबार रोक्का राख्ने नेपाल सरकार (माननीय मन्त्रिस्तर) बाट मिति २०७८ /१० /२५ मा निर्णय भएको व्यहोरा अनुरोध छ । साथै होटल तथा क्यासिनो संचालन नगर्न नगराउनु हुन समेत सूचित गरिन्छ ।’ सूचनामा भनिएको छ ।

वि.सं.२०७८ माघ २७ बिहीवार ०९:२८ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...