back
CTIZAN AD

दाङमा आगलागी हुँदा चार बालबालिकासहित जलेर पाँचजनाको मृत्यु

वि.सं.२०७८ माघ २८ शुक्रवार

705 

shares

काठमाडौं । तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित एक घरमा आगलागी हुँदा जलेर पाँचजनाको मृत्यु भएको छ ।

इरम फुटवेयर जुत्ता–चप्पल गोदाममा शुक्रबार बिहान २ बजेतिर लागेको आगोका कारण ५ जनाको निसास्सीएर ज्यान गएको इलाका प्रहरी कार्यालय दाङले जनाएको छ ।

मृत्यु हुनेमा ४ बालिका र एकजना ४०–४२ वर्षीय व्यक्तिरहेको प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा झण्डै ५–६ वर्षका अबिददिन अली, १३–१४ वर्षीया सजिता खातुन, झण्डै १४–१५ वर्षीय हसन बकस, करिब १५–१६ वर्षीय मसिन बकस र करिब ४०–४२ वर्षीय नजरदिन अली रहेको डिएसपी अर्यालले जानकारी दिएका छन् ।

बिहान २ बजेतिर गस्तीमै रहेको टोलीले आगो लागेको देखेपछि सेना, शसस्त्र, प्रहरी, स्थानीय तथा उपमहानगरपालिकाको दमकलले झण्डै पाँच घण्टापछि बिहान ७ बजे आगो नियन्त्रण्मा लिएको थियो ।

प्रहरीको प्रारमिभक अनुसन्धानमा विद्युत् शर्ट भएका कारण उक्त आगो लागेको हुन सक्ने बताएको छ ।

वि.सं.२०७८ माघ २८ शुक्रवार ०९:०१ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...