back
CTIZAN AD

कांग्रेस बैठकमा शेखरले भने – सस्तो लोकप्रियताका लागि एमसीसीलाई राजनीतिक रंग दिइयो

वि.सं.२०७८ माघ २८ शुक्रवार

741 

shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अमेरिकी सहयोग परियोजना एमसीसीलाई राजनीतिक मुद्दा बनाउन नहुने बताएका छन् । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा मन्तव्य राख्दै उनले अनुदान परियोजनामाथि सस्तो लोकप्रियताका लागि राजनीतिक रंग दिइएको निष्कर्ष सुनाए ।

“बहुचर्चित अमेरिकी सहयोग एमसीसी परियोजना अब सहयोग र अनुदानमा मात्रै सिमित रहेन, यो बिषय निकै माथी उठिसक्यो, यसप्रति हामी निकै गम्भीर बन्नु पर्ने परिस्थिति छ, यो परियोजनासँगै हाम्रो कुटनीतिक कौशलता र देशलाई नेतृत्व दिने क्षमता जोडिन्छ भन्ने मलाई लाग्दछ”, उनले भने, “नेपालको विकासका लागि आएको अनुदानलाई बिभिन्न रङ्ग दिएर अहिले भइरहेको राजनीति सस्तो लोकप्रियताका लागि हो भन्ने मेरो ठहर छ ।”

कोइरालाले एमसीसीमा संसदीय प्रक्रियामार्फत निकास खोज्नुपर्ने बताए । एमसीसी फिर्ता पठाउँदा गठबन्धन सरकार र पार्टीकै क्षमतामाथि गम्भीर प्रश्न उठ्ने उनको भनाई छ ।

उनले अघि भनेका छन्, “एमसीसीलाई सम्भव भए राजनीति दलहरु बीचको सहमतिबाट, नभए सार्वभौम संसदमा संसदीय प्रकृयामार्फत यथाशीघ्र निकास दिनुपर्छ । यदि एमसीसीबारे गठबन्धनमा सहमति नजुट्ने र संसदीय प्रकृयामा पनि लान नदिने हो भने अहिलेको गठबन्धन, सरकार, हाम्रो पार्टी र संसदको क्षमतामाथि नै गम्भीर प्रश्नहरु तेर्सिने देख्दैछु ।”

वि.सं.२०७८ माघ २८ शुक्रवार १७:४६ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...