back
CTIZAN AD

युक्रेन तनाव बढ्ने संकेत : आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न अमेरिकाले गर्‍यो आव्हान

वि.सं.२०७८ माघ २८ शुक्रवार

891 

shares

काठमाडाैं । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल उक्त देश छाड्न आग्रह गरेका छन्। उनले युक्रेनतर्फका सीमामा बढेको रुसी सैन्य उपस्थितिप्रति चिन्ता दर्शाउँदै त्यसो भनिएको जनाएका छन्।

बाइडनले यदि रुसले हमला गरेमा उद्धारका लागि सेना नपठाइने भन्दै आफ्ना नागरिकहरूलाई सजग गराएका छन्। उनले अवस्था छिट्टै भयानक हुनसक्ने बताए।

अमेरिकी विदेश मन्त्रालयले पनि युक्रेनमा रहेका अमेरिकीहरूलाई तत्कालै देश छाड्न आग्रह गरेको छ । “अमेरिकी नागरिकहरूले अब छोड्नुपर्छ,” बाइडनले एनबीसी न्युजसँगको एक अन्तर्वार्तामा भने।

“हामी विश्वकै सबैभन्दा ठूलो मध्येको एक सेनासँग व्यवहार गर्दैछौँ। यो एकदमै फरक स्थिति हो र घटनाक्रमहरू छिट्टै भयानक हुन सक्छन्।”

अन्तरवार्तामा त्यहाँबाट बाहिरिन चाहने अमेरिकीहरूलाई उद्धार गर्न सेना पठाउन सकिने सम्भावनाबारे गरिएको प्रश्नमा बाइडेनले भने “त्यहाँ छैन। जब अमेरिका र रुसले एक अर्कालाई गोली हान्न सुरु गर्छन् त्यो विश्वयुद्ध हुन्छ। हामी यसअघि भन्दा धेरै फरक परिवेशमा पुगिसकेका छौँ।”

युक्रेनको रूसमाथि आरोप

युक्रेनले आफ्नो समुद्री पहुँचमा रुसले अवरोध पुर्‍याएको आरोप लगाएको छ। उक्त क्षेत्रमा बढ्दो तनावमाझ अर्को साता रुसी नौसेनाले एउटा सैन्य अभ्यास गर्न लागेका बेला युक्रेनका विदेशमन्त्रीले त्यस्तो आरोप लगाएका हुन्।

विदेशमन्त्री दिमेत्रो कुलेबाले सी अफ एजोफ पूरै अवरूद्ध पारिएको र ब्ल्याक सीको बाटो समेत लगभग पूरै जस्तो विच्छेद गरिएको बताएका छन्। रुसले युक्रेनको दक्षिणतर्फका ती सागरमा अर्को साता हुने सैन्य अभ्यासका क्रममा क्षेप्यास्त्र प्रहार र गोलाबारी हुनसक्ने भन्दै तटीय क्षेत्रका लागि पूर्वचेतावनी जारी गरेको छ।

त्यस क्षेत्रमा तनाव चुलिएका बेला रुसी सैन्य अभ्यासले समुद्रमा आउजाउ ‘व्यवहारिक रूपमा असम्भव’ भएको युक्रेनले जनाएको छ।
युक्रेनतर्फका सीमामा एक लाखभन्दा धेरै रुसी सैनिक तैनाथ गरिए पनि युक्रेनमा हमलाको योजना बनाएको भन्ने पश्चिमा आरोपलाई मस्कोले अस्वीकार गर्दै आएको छ।

बेलारुससँग अभ्यास

तर रुसले यसै साता छिमेकी बेलारुससँग एउटा ठूलो सैन्य अभ्यास सुरु गरेको छ। बेलारुस रुसको निकट साझेदार हो र उसको युक्रेनसँग लामो सीमा जोडिएको छ।

शीतयुद्धयता पहिलोपटक रुसले बेलारुसमा त्यति धेरै सेना पठाएको भन्दै फ्रान्सले त्यसबाट हिंसात्मक सन्देश दिन खोजिएको जनाएको छ। युक्रेनले त्यसलाई आफूमाथि रुसले “मनोवैज्ञानिक दबाब दिन खोजेको” बताएको छ।

बर्लिनमा वार्ता

रुसी हमला हुनसक्ने भन्दै तीन बाल्टिक देशहरूले नेटोलाई पूर्वी युरोपमा सैन्य सहायता बढाउन आग्रह गरेका छन्। इस्टोनिया र लाट्भियाका प्रधानमन्त्री तथा लिथुआनियाका राष्ट्रपति यतिखेर जर्मन चान्सलर ओलाफ सोल्जसँग छलफलका लागि बर्लिनमा छन्।

चान्सलर सोल्जले अवस्थालाई ‘निकै कठिन’ बताएका छन्। अमेरिकाले बिहीवार ‘रुसी सैन्य हमलाको बढ्दो जोखिम देखिएको’ जनाएको छ। बीबीसीबाट

वि.सं.२०७८ माघ २८ शुक्रवार १६:५१ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...