back
CTIZAN AD

नेपालमा थप ११२८ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

वि.सं.२०७८ माघ २८ शुक्रवार

765 

shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११२८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको २० हजार ९८९ नमुना परीक्षणमा ११२८ जना नयाँ संक्रमित थपिएका हु्न् ।

आज थपिएका ११२८ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख ९ हजार ११४ पुगेको छ ।

आज काठमाडौंमा २०३ भक्तपुरमा १७ र ललितपुरमा ४५ गरी २६५ जना संक्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २२१५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २२१५ जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ९ लाख ३२ हजार ८२२ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका १४ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८७८ पुगेको छ ।

त्यसैगरी हाल देशैभरी २७ हजार ४४१ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २६ हजार ४५० जना र संस्थागत आइसोलेशनमा ९९१ जना रहेका छन् । ती मध्ये आइसीयुमा २०६ र भेन्टिलेटरमा ३६ जनाको उपचार भइरहेको छ ।

नेपालमा आज १ लाख ४५ हजार २६५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

पछिल्लो २४ घण्टामा थपिए १३६९ कोरोना संक्रमित, १२ जनाको मृत्यु

वि.सं.२०७८ माघ २८ शुक्रवार १६:२७ मा प्रकाशित

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...