back
CTIZAN AD

कुनै सम्झौता र परियोजनाको आधारमा गठबन्धन निर्माण भएको होइन–अध्यक्ष प्रचण्ड

वि.सं.२०७८ फागुन १ आइतवार

744 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कुनै देश विशेषसँग गरेका सहमति सम्झौता या परियोजनाका आधारमा गठबन्धन नबनेको बताएका छन् ।

पछिल्लो समय मुख्य त अमेरिकी सहयोग परियोजनाका विषयमा सत्ता गठबन्धनभित्रै दुईमत रहेका कारण गठबन्धन टुट्न सक्ने आंकलन गरिरहेकै बेला अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

२७ औं जनयुद्ध दिवसको अवसरमा पेरिस डाँडामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने–‘हामीले गठबन्धन बनाउँदै केही शैद्धान्तिक र केही राजनैतिक मान्यताहरुलाई अगाडि सारेका छौं र तिनै मान्यताका आधारमा गठबन्धन बनाएका हौं । संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको रक्षा र राष्ट्रियताको रक्षामा हामी एकमत भएर त्यसैलाई लिपीबद्ध गरेर त्यसैको आधारमा आन्दोलित हुँदै हाम्रो गठबन्धन बनेको हो ।’

अध्यक्ष प्रचण्डले गठबन्धन सुदृढ हुँदै जाने वा कमजोर बन्ने भन्ने कुरा गठबन्धन निर्माण गर्दा जुन शैद्धान्तिक र राजनैतिक मान्यतामा खडा भएको थियो त्यहि मान्यतामा गठबन्धनलाई अगाडि बढाउनुपर्ने बताए ।

‘कुनै यौटा खास परियोजना गर्ने वा नगर्ने भन्ने आधारमा यो गठबन्धन गरिएको होइन । आज कसैले कुनै एउटा परियोजनासँग सम्बन्धीत गराएर गठबन्धनको भाग्य र भविष्य सोच्छ भने हाम्रो ऐतिहासिक धरातल भत्काउने जस्तै हुन जान्छ ।’ अध्यक्ष प्रचण्डले भने ।
अध्यक्ष प्रचण्डले गठबन्धन जुन मूल्य र मान्यतामा टेकेर बनाइएको हो त्यसैमा दृढ रहन समेत अपिल गरेका छन् ।

वि.सं.२०७८ फागुन १ आइतवार ०९:४७ मा प्रकाशित

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...