back
CTIZAN AD

राष्ट्रघाती: एमसीसी विरोधी अभियानमा लागेकाहरुलाई विशेष अपिल

वि.सं.२०७८ फागुन १ आइतवार

729 

shares

सर्वप्रथम त आज विशेष ऐतिहासिक महत्वको दिन फागुन १ अर्थात् महान् जनयुद्ध थालनी भएको दिन–जनयुद्ध दिवसका सन्दर्भमा सम्पूर्ण शहीदहरुप्रति हार्दिक श्रद्धान्जली, बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान, घाइते–अपाङ्ग योद्धाहरुप्रति सलामी र सम्बन्धित सम्पूर्ण नेता–कार्यकर्ता र जनसमुदायहरुप्रति न्यानो अभिवादनसहित सम्बन्धित सबैमा २७औं जनयुद्ध दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
आदरणीय जनसमुदायहरु,
नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुलाई लिएर सुरु भएको र दश बर्षको भीषण जनयुद्धपछि प्राप्त गणतान्त्रिक मुलुक हाम्रो प्यारो देश नेपालमा फेरि अहिले ः एमसीसी रुपी कालो बादल मडारिइरहेको छ ।

आज सर्वाधिक राष्ट्रघाती यो एमसीसी संझौताकै कारण देश इतिहासमै अत्यधिक गम्भीर, संवेदनशील र सङ्गीन मोडमा पुगेको छ । पछिल्ला दिनहरुमा अमेरिकी सहायक विदेसमन्त्री डोनाल्ड लूले फोनबाटै देशका ठुला दलका अध्यक्ष एवं वर्तमान र भूपू प्रधानमन्त्रीहरुलाई समेत दिएको धम्कीसम्म आउँदा कथित अनुदान सम्झौता र यसभित्रको अमेरिकी साम्राज्यवादी नीति, नियत र रहस्य पूर्णतः उदाङ्गो भएको छ । यसले सामान्य देसभक्त, स्वाभिमानी, स्वतन्त्र र सचेत नागरिक, संघसंस्था, राजनीतिक दल र नेताहरु तथा कूटनीतिक क्षेत्रलाई समेत थप उद्वेलित र तरङ्गित मात्र होइन, अझ बढी गम्भीर र जिम्मेवार भएर सोंच्न बाध्य बनाएको छ ।

एकातिर स्थिति यस्तो छ भने अर्कातिर देसभित्रकै सत्तासीन दलाल शक्ति र व्यक्तिहरुलाई साम्राज्यवादसामु झन्झन् लम्पसार पर्ने निहुँ पनि यही धम्की बनिरहेको छ । यो अवस्थामा देश इण्डो–पश्चिमा शक्तिको गुलाम बनेर नेपाल र नेपालीले तिनको गुलामी गर्दै सलामी गर्ने कि तिनको मलामी बन्न आँट गरेर पूर्ण औपनिवेश बनाइँदै गरेको देशलाई पूर्ण स्वाधीन बनाउने भन्ने अहं प्रश्न हाम्रो सामुमा खडा भएको छ ।

स्पष्ट छ कि हालसम्म अर्ध र नव उपनिवेश बनिरहेको नेपाललाई पूर्ण स्वाधीन र सार्वभौम राष्ट्र बनाउनु नै यो प्रश्नको सही, दीगो र दह्रो हल हो । यो प्रश्न हल गर्ने तरिका भनेको राष्ट्रघाती एमसीसी विरुद्ध बृहत् र व्यापक संयुक्त जन आन्दोलनको बाटो अवलम्बन गर्नुनै हो । यसै बाटोबाट एमसीसी सम्झौता पूर्ण रुपले खारेज गराउनु नै अहिले हामी देशका सबै सच्चा सपुतहरुको भूमिका र दायित्व पनि हो । त्यसैले एमसीसी खारेज अभियान,नेपालका तर्फबाट सम्बन्धित सबैलाई हामी यो विशेष अनुरोध र अपिल गर्न चाहन्छौं कि ।

१. एमसीसी संगको नेपालको यो सम्झौता नेपालको सम्पत्ति, स्वाधीनता, स्वत्व र अस्तित्व लुट्ने; चीन–रुस–उत्तर कोरिया आदि हाम्रा स्वाभिमानी मित्रराष्ट्रहरुलाई चुट्ने; दक्षिण एसियाली शान्ति, लोकतन्त्र र मानव अधिकारको मानमर्दन गर्ने र अन्ततः उदीयमान विश्वशक्ति भारतलाई पनि बृटिश उपनिवेशबाट मुक्त भएको १०० बर्ष पुग्दानपुग्दै भुट्ने र भाट्ने गरेर “पुनर्मुसिको भवः“ को रुपमा पुराउने अमेरिकी गुरुयोजना लुकेको सम्झौता हो भन्ने कुरामा अब कसैलाई पनि कत्ति शंका रहेन । तसर्थ यसलाई राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरबाटै विरोध, अवरोध र प्रतिरोध गरिनु नै यसबाट पार पाउने एकमात्र विकल्प भएको हुँदा त्यसको निम्ति सम्बन्धित सबै पक्षहरु उठौं, जुटौं र डटौं ।

२. नेका, एमाले, मधेसवादी र राप्रपाजस्ता संसदीय सत्ता–व्यवस्थाका सच्चा पक्षपाती र पहरेदार भनिएका दक्षिणपन्थी संसदवादी शक्तिहरु भित्रका सबै देसभक्त र राष्ट्रवादीहरुलाई आआफ्नो पार्टीभित्र एमसीसी सम्झौतालाई संसदमा पेस र पास नगर्न आ–आफ्ना नेतृत्वलाई दवाव दिएर देशलाई दमनकारी दुनियाँ (हिन्द–प्रशान्त रणनीति र नाटो नीति मातहतको संसार) द्वारा गरिने दमनकारी दुश्चक्रबाट उम्काउनको लागि तीव्र संघर्ष गरौं ।

३. सत्तासीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूरै पार्टीलाई एमसीसी सम्झौता खारेजको लागि खुलेर बोल्न, अडेर चल्न र डटेर लड्नको लागि सडकमा ओर्लेर जनयुद्धकालीन जोश र होश तथा जिम्मेवारी र इमान्दारी प्रदर्शन गर्नका लागि त्यसभित्र र बाहिरका नेतृत्व र व्यक्तित्वहरुले वफादारीपूर्वक बल गरौं ।

४. अहिलेसम्म एमसीसी सम्झौता विरुद्धमा एक्लाएक्लै बोलिरहेका र लडिरहेका नेमकिपा लगायतका राजनीतिक शक्ति, संघसंस्था, समूह, संगठन र अभियान आदि सबैले संयुक्त भएर संघर्ष गरी राष्ट्रघाती ःएमसीसी सम्झौता खारेज गर्ने–गराउने आफ्नो अहिलेको यो अभीष्ट पूरा गरौं ।

५. बाँकी विभिन्न बौद्धिक व्यक्तित्व र विज्ञ–विशेषज्ञ आदि सबैका सबैले संयुक्त भएर सडक संघर्षमा समेत सहभागी भएर संघर्ष सशक्त पार्दै आफ्नो यो संघर्षलाई पूर्ण सफल र सार्थक बनाऔं ।

६. संयुक्त भएर पनि दुई भिन्नाभिन्नै मोर्चा बनाएर आन्दोलन गरिरहेका तर आन्दोलन त्यति बृहद र व्यापक बनाउन अनि प्रभावकारी र परिणाममुखी पार्न नसकिरहेका एमसीसी विरुद्धका मोर्चाहरुले पनि राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतासँग सम्बन्धित यस मुद्दामा आआफ्ना आग्रह–पूर्वाग्रह; पूर्ववर्ती मति, नीति र गति अनि संकीर्ण सोंच र संस्कारभन्दा माथि उठेर अझ गम्भीर र जिम्मेवार भई एकीकृत, वृहत् र व्यापक जन आन्दोलन निर्माण गरौं ।

७. एकीकृत समाजवादी पार्टी सरकारमा सामेल रहेरै पनि सडकमा ओर्लेर विरोध गर्ने प्रकृयामा गएको कदमलाई हामी हार्दिक स्वागत र समर्थन गर्दछौं । साथै, आफ्नो सत्ताधारी पार्टी र गठबन्धनबाट एमसीसी सम्झौता अध्ययन कार्यदलको नेतृत्व गरिरहनु भएका आदरणीय देशभक्त र राष्ट्रप्रेमी नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र अध्यक्ष माधव कुमार नेपाललगायतका नेताहरुले पनि आफ्नो पार्टीको आन्दोलनको मात्र होइन कि पूरै देसभरका एमसीसी सम्झौता विरुद्धका सम्पूर्ण आवाज र आन्दोलनहरुलाई एकीकृत र केन्द्रीकृत गरेर वा ःएमसीसी विरोधी विभिन्न आन्दोलनकारी शक्ति र आन्दोलनहरुलाई यो आन्दोलनलाई उत्कर्ष र निष्कर्षमा पुराउने गरी आवश्यक संयोजन, तालमेल, सहमति आदि कायम गर्ने जिम्मेवारी बोध र बहन गरौं ।

देसको माया–ममता गर्ने, मूल्य–महत्वबोध गर्ने र आवश्यकता आत्मसात गर्ने अनि देशलाई सुन्दर, शान्त, समान, समृद्ध र सुखी बनाउने, बचाउने र बढाउने मुख्य चालक शक्ति अन्ततः महान् देशभक्त जनसमुदायहरु नै हुन् । त्यसैले सम्पूर्ण जनसमुदायहरुलाई विगतमा देसका व्यवस्था फेर्ने जन आन्दोलनमा झैं फेरि एक अर्को पटक पनि देशको अवस्था फेर्ने संयुक्त र सशक्त जन आन्दोलनमा समर्पित भएर चरम राष्ट्रघाती यो एमसीसी सम्झौतालाई खारेज गरी–गराई नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, अखण्डता र स्वत्व–अस्तित्वको जगेर्ना गर्नको लागि ःएमसीसी खारेज अभियान, नेपालको तर्फबाट हामी हार्दिकतापूर्वक विशेष अपिल गर्दछौं ।

लेखक शर्मा–एमसीसी खारेज अभियान नेपालका संयोजक हुन् ।

 

वि.सं.२०७८ फागुन १ आइतवार १०:०९ मा प्रकाशित

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सरबाट जोगिन के गर्ने ? हिन्दीमा एउटा भनाइ छ, "जब...

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

पर्वत जिल्ला, महाशिला लुँखुका स्व गुप्तबहादुर मल्ल र श्रीमती सय...

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

भोजपुर, २३ जेठ – मलेसियामा करिब छ वर्ष रोजगारी गरेर फर्किएका...

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

फेरि नयाँ संसद भित्र धक्कामुक्का भयो।  युट्यूव तथ टेलिभिजन स्क्रिनमा...

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

पोल्याण्ड – विदेशी भूमिमा नेपाली सामानको ब्रान्ड बनाउन दशकौं संघर्ष गरेका...