back
CTIZAN AD

खल्तीबाटै काठमाडौं महानगरपालिकाको कर तथा राजश्व भुक्तानी गर्न सकिने

वि.सं.२०७८ फागुन १ आइतवार

837 

shares

१ फागुन, काठमाडौँ । अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले करदाताहरूका लागि काठमाडौ महानगरपालिकाको कर घरै बसी भुक्तानी गर्न मिल्ने सुविधा लिएर आएको छ । यो सुविधा उपलब्ध भए लगत्तै करदाताहरूले काठमाडौं महानगरपालिकाको तिर्नुपर्ने करहरू जस्तै स् जग्गा, घर, भाडा, सवारी, साधन, व्यवसायको कर अब ‘खल्ती’ मार्फत सहजै भुक्तानी गर्न सक्नेछन् ।

यस सेवाका बारे थप बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, “स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमार्फत् नै भुक्तानी गर्न पाउँदा त्यस क्षेत्रका बासिन्दालाई सहज हुनेछ कुरामा हामी विश्वस्त छौं । साथै अहिलेको कोभिड–१९ को महामारीका बेला घरबाटै सेवा लिँदा अझ सजिलो र सुरक्षित हुने अपेक्षा हामीले राखेका छौं ।”

करदाताले तल बताइएको तरिका अनुसार ‘खल्ती’ छनौट गरि भुक्तानी गर्न सक्नेछन्।

  • यो सुविधा लिनुपुर्व करदाताले https://eservice.kathmandu.gov.np मा गएर आवश्यक पर्ने सम्पूर्ण विवरण दाखिला गरी करदाता पोर्टलमा आफ्नो नाम दर्ता गराउनु पर्नेछ ।
  • दर्ता भई सकेको खण्डमा आफ्नो आफ्नो युजर नाम र पासवर्ड दाखिला गरि लग-इन गर्न सकिनेछ ।
  • करदाता पोर्टलमा लग इन गरे पश्चात करदाताको विवरण प्राप्त हुनेछ ।
  • आफूले तिर्ने करको छनोट गरेर कर मुल्यांकन हुनेछ ।
  • सम्पूर्ण विवरण सहि भए भुक्तानी विकल्पहरूमा खल्ती छनौट गरेर प्रक्रिया पूरा गर्न सक्नेछन् ।

खल्तीनेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६००००ं सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ । यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरि प्रयोगकर्ताहरुलाई समयको साथै पैसाको बचतमा पनि खल्तीले योगदान दिँदै आएको छ ।

वि.सं.२०७८ फागुन १ आइतवार १०:११ मा प्रकाशित

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...