back
CTIZAN AD

यी हुन आईपिएल अक्सनको पहिलो दिनमा सबै भन्दा बढि मूल्यमा बिक्ने ५ खेलाडी

वि.सं.२०७८ फागुन १ आइतवार

756 

shares

१ फागुन, काठमाडौँ । २०२२ को आईपिएल मेघा अक्सनको पहिलो दिन समाप्त भएको छ । यी हुन मेघा अक्सनको पहिलो दिन सबै भन्दा बढि मूल्यमा बिक्ने ५ खेलाडी :

१. इशान किशन
आईपिएल अक्सनको पहिलो दिनमा इशान किशन सबै भन्दा बढि मूल्यमा बिकेका छन । उनलाई मुम्बई इंडियन्सले १५ करोड २५ लाख भारुमा टिममा अनुबन्धित गरेको छ । यसअघिकोे सिजनमा पनि इशान किसन मुम्बई इंडियन्समै आवद्ध रहेका थिए । उनले आईपिएलमा ६१ खेल खेलका छन जसमा उनले १४५२ रन बनाएका छन । यसक्रममा उनले ९ अर्धसतक पनि प्रहार गरेका छन ।

२. दिपक चाहर
भारतीय क्रिकेट टिमका फास्ट बलर दिपक चाहर यस सूचिको दोस्रो स्थानमा रहेको छन । उनलाई चेन्नाई सुपर किंग्सले १४ करोड भारुमा आफ्नो टिममा अनुबन्धित गरेको छन । यसअघिको सिजनमा पनि उनी चेन्नाई सुपर किंग्समै आवद्ध रहेका थिए । उनले आईपिएलमा ६३ खेल खेलेका छन जसमा उनले ५९ विकेट लिएका छन ।

३. श्रेयस अय्यर
दिल्ली क्यापिटल्सका पूर्वकप्तान श्रेयर अय्यरलाई कोलकत्ता नाईट राइडर्सले १२ करोड २५ लाख भारुमा आफ्नो टिममा अनुबन्धित गरेको छ । अय्यरले आईपिएलमा ८७ खेल खेलका छन जसमा उनले २३७५ रन बनाएका छन ।

४. हर्षल पटेल
हर्षल पटेललाई रोयल च्यालेन्जर्सको बेङ्गलोरको टिमले १० करोड ७५ लाख भारुमा आफ्नो टिममा अनुबन्धित गरेको छ । हर्षल पटेलले गत सिजनको आईपिएलमा सर्वाधिक विकेट लिएका थिए ।

५. शार्दुल ठाकुर
भारतीय क्रिकेट टिमका अलराउण्डर शादुर्ल ठाकुरलाई दिल्ली क्यापिटल्सले १० करोड ७५ लाख भारुमा टिममा अनुबन्धित गरेको छ । यसअघिको सिजनमा उनी चेन्नाई सुपर किंग्ससँग आवद्ध रहेका थिए ।

त्यसैगरी श्रीलंका क्रिकेट टिमका वनिन्दु हसरंगालाई रोयल च्यालेन्जर्स बेङ्गलोरले १० करोड ७५ लाख भारु र वेस्टइंडिज क्रिकेट टिमका निकोलस पुरनलाई सनराइजर्स हैदरावादले १० करोड ७५ लाख भारुमा टिममा अनुबन्धित गरेको छ ।

वि.सं.२०७८ फागुन १ आइतवार १२:२१ मा प्रकाशित

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...