back
CTIZAN AD

मलाङमा प्रहरी पोष्ट स्थापना

वि.सं.२०७८ फागुन १ आइतवार

825 

shares

चिमखोला । भौगोलिकरूपमा दुर्गम र विकट क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाको मलाङमा प्रहरी पोष्ट स्थापना भएको छ । रघुगङ्गा -७ चिमखोला र ८ कुइनेमङ्गलेको सुरक्षाका लागि प्रहरी पोष्ट स्थापना भएको हो ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले शनिबार पोष्टको शुभारम्भ उद्घाटन गरे । पाँच प्रहरी रहने गरी स्थापना गरिएको चौकीलाई स्थायी रुपान्तरण र चौकीमा स्नरोन्नति गरिने प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए । शान्ति सुरक्षाका लागि स्थानीयवासी र गाउँपालिकाबाट भएको मागअनुसार प्रहरी पोष्ट स्थापना गरिएको हो । गाउँपालिकाका अनुसार १४ हजार जनसङ्ख्या भएको रघुगङ्गाको एकतिहाइ जनसङ्ख्या यी दुई वडामा छ । “गत वर्ष अजिङ्गर भिरमा सडक खुलेसँगै अपराधजन्य गतिविधि, जलविद्युत् आयोजना निर्माण हुन थालेपछि बाह्य मजदुरको चहलपहल र आर्थिक गतिविधिसँगै सुरक्षा चुनौती बढेको थियो”, प्रनाउ राईले भने, “पोष्ट स्थापनापछि बिपद् व्यवस्थापनका साथै धवलागिरि सेञ्चुरी र आइसफल पदमार्गको सुरक्षामा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।”

प्रहरी पोष्ट स्थापनाका लागि ३५.५ मेगावाटको राहुघाट मङ्गले र ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाको प्रवद्र्धक तुदी पावर कम्पनीले तीनकोठे भवन उपलब्ध गराएको छ । कम्पनीका प्रतिनिधि उपेन्द्र गौतमले प्रहरी पोष्ट स्थापनाका लागि तत्कालका लागि भवन र पक्की भवन बनाउन तीन रोपनी जग्गा उपलब्ध गराएको बताए । यसअघि चिमखोला र कुइनेमङ्गलेमा छिमेकी वडा पाखापानीमा रहेको प्रहरी चौकीका सुरक्षाकर्मी पुग्नुपर्दथ्यो ।

भौगोलिक विकटता, यातायातको असुविधाका कारण पाखापानीबाट चिमखोला र कुइनेमङ्गलेमा सुरक्षाकर्मी पुग्न पूरै दिन लाग्ने समस्या थियो । आवश्यकता र मागअनुसार सुरक्षा व्यवस्थाका लागि चिमखोलामा प्रहरी पोष्ट स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी रानाले बताए । जिल्ला न्यायाधीश तेजनारायण पौडेलले लगानीसँगै स्वभाविकरूपमा विकास भित्र्ने भएकाले प्रवद्र्धकहरुले क्षति न्यूनीकरण र स्थानीयवासीको आवश्यकता सम्बोधन तथा स्थानीयवासीले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले गाउँपालिकाको निर्णय र मागअनुसार तिप्ल्याङ र चिमखोलामा प्रहरी पोष्ट स्थापना भएको तथा मौवाफाँटमा प्रहरी चौकी स्थापना गर्न भवन निर्माण भएको बताए । चिमखोलाका वडाध्यक्ष देउप्रसाद पुन र सदस्य बुद्धीमाया पहरे पुनले जलविद्युत् आयोजना भित्रिएसँगै थपिएको सुरक्षा चुनौती व्यवस्थापनका लागि प्रहरी चौकी आवश्यकता परेको बताए ।
रासस

 

वि.सं.२०७८ फागुन १ आइतवार १२:११ मा प्रकाशित

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...