काठमाडौं । अन्तर्राष्ट्रिय पर्वत समाजद्धारा पर्वतको दलित वस्ति निर्माणका लागि ३ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।
शुक्रवार ऐक्यबद्धता प्रकाशन प्रा.लिमा आयोजित रकम हस्तान्तरण कार्यक्रममा समाजका निर्माण समितिका संयोजक कृष्ण तिवारीले निर्भिक फाउन्डेसनका अध्यक्ष नीर्भिक भुर्तेललाइ उक्त रकम हस्तान्तरण गरेका हुन् ।

उक्त हस्तान्तरण कार्यक्रममा समाजका निर्माण समितिका संयोजक तिवारीले समाजको समन्वयमा पैयु गाउँपालिका वार्ड न ५ भुर्तेलथोकको दलितबस्ती निर्माण सहयोग अभियान अन्र्तगत यसअघि पर्वत वेलफेयर सोसाइटी युकेले १ घर निर्माण गरिसकेको जानकारी दिए ।

तिवारीले अन्तराष्ट्रिय पर्वत समाजको भागमा २ घर निर्माणका लागि फाउन्डेशनद्धारा सहयोगको आव्हान गरिएकोमा एक पर्वत वेलफेयर सोसाइटी युके र एक समाजले गरेको जानकारी दिए ।
उक्त कार्यक्रममा पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराई, महासचिव सुरेश कार्की, ऐक्यबद्धता प्रकाशनका अध्यक्ष निलकण्ठ तिवारी लगायतको सहभागीता रहेको थियो ।
यी हुन् रकम सहयोग गर्ने दाताहरु
उक्त रकम सहयोग गर्नेहरुमा डेनमार्कबाट उदय राज गौतम २०,०००, बेल्जियमबाट कृष्ण तिवारी रु.३०,०००, (अभियान सुरु हुदा १५,००० सहित), बिनोद तिवारी २०,०००, झलक केसी १५,०००, अर्जुन श्रेष्ठ १५,०००, भिम जोशी (रोशन) १०,०००, सन्तोष जोशी सुबास) १०,०००, आर बि घले ८,००० र खड्क बहादुर के सि, ७००० रुपैयाँ तथा युरोमा लोकप्रसाद दाहाल १५०, सुरेन्द्र भुसाल १००, धर्म पाठक १००, घनश्याम शर्मा ५०, दिपक न्यौपाने ५०, प्रकाश पौडेल ५०, चित्र सुवेदी ५०, तिर्थ धमला ५०, रमेश कणेल बेल्जियम ५० र टीका राम पौडेलले २० युरो सहयोग गरेका छन् ।
त्यस्तै युकेबाट पुरन गिरि युके रु २०,०००, स्विजरल्याण्डबाट गुणराज शर्मा पौडेल .१०,०००, बाबुराम शर्मा अमेरिका ११,६५९, मित्र लाल रिजाल डेनमार्क ५,००० र अन्य नपुग रकम अन्तर्राष्ट्रिय पर्वत समाजले सहयोग गरेको हो ।
त्यसैगरी युएईबाट गोपी चन्द्र भुसाल २१,०००, मणि प्रसाद भुर्तेल १५,०००, ओम प्रकाश न्यौपाने १०१ र टेक गुरुङले १११ दिरहाम सहयोग गरेका हुन् ।
सो अवसरमा समाजका निर्माण समितिका संयोजक कृष्ण तिवारी र फाउन्डेशनका तर्फबाट संयोजक निर्भिक नारायण भुर्तेलले सहयोगी सबैमा धन्यवाद तथा आभार व्यक्त गरेका थिए ।
समाजद्धारा निर्माण समिति नै गठन
उक्त दलित बस्ती निर्माण सम्पन्न गर्नका लागि अन्तर्राष्ट्रिय पर्वत समाज २०१९–२०२१ को अध्यक्ष पुरन गिरिको कार्यसमितिले निर्माण समिति नै गठन गरेको थियो ।
जसको सयोजकमा कृष्ण तिवारी, आर्थिक सयोजकमा नेत्र आले तथा सदस्यहरुमा भिमलाल भट्टराई, सबिन्द्र श्रेष्ठ, उदयराज गौतम, झलक केसी तथा मणि प्रसाद भुर्तेल रहेका थिए ।
वि.सं.२०७८ फागुन १ आइतवार १४:२३ मा प्रकाशित






























