back
CTIZAN AD

नेपाल टेलिकमको ‘भ्यालेन्टाइन डे अफर’ यी हुन् आकर्षक अफर

वि.सं.२०७८ फागुन १ आइतवार

741 

shares

काठमाडौं । नेपाल टेलिकमले भ्यालेन्टाइन डे (प्रेम दिवस) को अवसरमा अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको छ ।

फेब्रुअरी १४ मा मनाइने भ्यालेन्टाइन डे को उक्त अफर फागुन १ र २ गते (फेब्रुअरी १३ र १४ तारिख)का लागि उपलब्ध हुने टेलिकमका प्रवक्ता राजेश जोशीले बताए ।

जोशीकाअनुसार उक्त अफर अन्तर्गत ४९ रुपैयाँमा २४ घण्टाका लागि १ एमबिपिएस अनलिमिटेड डाटा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा अर्थात ‘डे कम्बो अफर’ उपलब्ध हुनेछ ।

टेलिकमको अफर अन्तर्गतको सेवा खरिद गर्न ‘स्टार १४१५ स्टार ११ ह्यास’ डायल गरी वा ‘नेपाल टेलिकम एप’ को प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

यसैगरी नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टे (भिओएलटिई) सेवामा भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भोल्टे कल निःशुल्क प्रदान गरेको छ ।

त्यस्तै टेलिकमले भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते मोबाईल पोईन्ट अफ सेल (एमपोस)बाट गरिने २ सय रुपैयाँदेखि ४ सय रुपैयाँसम्मको रिचार्जमा ५ सय १२ एमबी डाटा र ५ सय रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा १ हजार २४ एमबी डाटा बोनसको रुपमा निःशुल्क उपलब्ध हुने जनाएको छ ।

 

वि.सं.२०७८ फागुन १ आइतवार २१:०९ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...