back
CTIZAN AD

सिटिजन्स र हंग्री फास्ट फुडबीच भयो यस्तो समझदारी

वि.सं.२०७८ फागुन १ आइतवार

777 

shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र हंग्री फास्ट फुड निजगढबीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई १५% छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले हंग्री फास्ट फुडको सबै सेवा सुविधामा १५% छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । मोबाइल बैकिङ्ग मार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी जस्ता सुबिधा बैंकले प्रदान गर्दै आएको छ ।

बैंकले हालसालै मोबाइलबट कार्डलेस विथड्रल सेवाको पनि सुरुवात गरेको छ । यो सुविधा मार्फत सिटिजन्स बैकका मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् ।

यसबाहेक बैंकले मोबाइलबाटै मुद्दती खाताको आवेदन दिन सक्ने व्यवस्था समेत गरेको जानकारी बैंकले गराएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी आफ्ना १ सय ७४ वटा शाखा, १ सय २३ वटा एटिएम र ९२ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

वि.सं.२०७८ फागुन १ आइतवार २१:१३ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...