back
CTIZAN AD

चार न्यायाधिशविरुद्ध महाभियोग ल्याउने एमालेको तयारी

वि.सं.२०७८ फागुन २ सोमवार

708 

shares

काठमाडौं । नेकपा एमालेले चार न्यायाधिशविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गर्ने तयारीमा रहेको छ ।

सत्तारुढ गठबन्धनले आइतवार प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराविरुद्ध विभिन्न आरोपसहित महाभियोग दर्ता गरेलगत्तै त्यसको प्रतिवाद गर्ने निर्णय गरेको एमालेले अन्तत काउन्टरमाथि काउन्टर दिन लागेको हो ।

एमालेले प्रधानन्याधिश जबरराविरुद्धको महाभियोगको काउन्टरमा संसद विघटन बदरको फैसला सुनाउने चार न्यायाधिशमाथि महआभियोग प्रस्ताव दर्ता गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ ।

आज ११ बजे बस्ने संसदीय दलको बैठकले सो बारे निर्णय गर्ने समेत बताइएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओली निवासमा आइतवार साँझ बसेको बैठकले संसद विघटनविरुद्ध फैसला सुनाउने न्यायाधिशहरु ईश्वरप्रसाद खतिवडा दीपककुमार कार्की, मीरा खड्का र डा. आनन्दमोहन भट्टराईलाई महाभियोग लगाउनु पर्ने धारणा राखेका थिए ।

चार न्यायाधिशको असार १८ गतेको फैसलाले अस्थिरता निम्तिएको भन्दै एमालेले उनीहरुविरुद्ध महआभियोग दर्ता गर्नुपर्ने धारणा बैठकमा राखिएको बताइएको छ ।

गत असार २८ गते चार न्यायाधिशको इजलासले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्धको मुद्दालाई बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो ।

वि.सं.२०७८ फागुन २ सोमवार १०:०६ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...