back
CTIZAN AD

क्रिप्टोकरेन्सी जस्ता अनलाइन व्यपारमा संलग्न पाइएमा कडा कारवाही

वि.सं.२०७८ फागुन २ सोमवार

708 

shares

२ फागुन, काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङ जस्ता व्यवसाय गैरकानूनी रहेकाले त्यस्ता व्यवसायमा संलग्न जो कोहीलाई पनि कडा कारवाही हुने चेतावनी दिएको छ ।

ब्युरोले आज एक सूचना जारी गरी यस्ता व्यवसाय नेपालमा प्रतिबन्ध भइसकेकाले ब्यूरोबाट सूक्ष्म निगरानी भइरहेको तथा विगतमा संलग्न व्यक्तिउपर अनुसन्धान गरी कानूनी कारवाहीसमेत जारी रहेका सन्दर्भमा उक्त व्यवसाय सञ्चालन तथा कारोबार नगर्न नगराउन अनुरोध गरेको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ र विदेशी विनिमय ९नियमित गर्ने० ऐन, २०१९ बमोजिम नेपाल राष्ट्र बैंकमार्फत गएको माघ ९ गते क्रिप्टोकरेन्सीअन्तर्गतका अनलाइन कारोबार तथा डिजिटल नेटवर्किङ व्यापार गैरकानूनी रहेको स्पष्ट भइरहेको छ ।

यस्ता गैरकानूनी कार्य भइरहेको कुनै सूचना प्राप्त भएमा सूचना उपलब्ध गराउनसमेत ब्यूरोले नागरिकमा अनुरोध गरेको छ । उक्त कसुरमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९६ बमोजिम बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिवाना तथा तीन वर्ष कैद वा दुवै सजायको व्यवस्था रहेको सिआइबीका प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए ।

बिगो कायम हुन नसकेका अवस्थामा कसुरको मात्रा हेरी बढीमा रु १० लाखसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने कानूनी व्यवस्था छ ।

वि.सं.२०७८ फागुन २ सोमवार १०:५४ मा प्रकाशित

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...