काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बानेश्वरस्थित संसद भवनमा सुरु भएको छ ।
सत्तारुढ गठबन्धनले प्रधानन्याधिश चोलेन्द्र शमशेर जबरराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि तत्कालै प्रतिवाद गर्ने निर्णय गरेको एमालेले आजको बैठकमा सोहि विषयमा छलफल गर्ने जनाएको छ ।

गठबन्धन दलका ९८ सांसदले आइतवार जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरे लगत्तै बसेको एमालेको केन्द्रीय समितिको बैठकले सत्ता गठबन्धन दलले षड्यन्त्रपूर्णक महाभियोग ल्याएको भन्दै त्यसको प्रतिवाद गर्ने निर्णय गरेको थियो ।
सोहि बैठकमा नेताहरुले संसद विघटनविरुद्ध फैसला सुनाउने न्यायाधिशहरु ईश्वरप्रसाद खतिवडा दीपककुमार कार्की, मीरा खड्का र डा. आनन्दमोहन भट्टराईलाई महाभियोग लगाउनु पर्ने धारणा राखेका थिए ।

आजको बैठकमा चार न्यायाधिशमाथि महाभियोग लगाउने विषयमा समेत छलफल हुने बताइएको छ।
वि.सं.२०७८ फागुन २ सोमवार १२:२७ मा प्रकाशित






























