काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकलाई प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले भने बहिस्कार गर्ने भएको छ । दिउँसो २ बजेदेखि बस्ने तय भएको बैठकलाई एमालेले बहिस्कार गर्न लागेको हो ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बैठकबारे आफुँहरुसँग कुनै सरसल्लाह नभएको भन्दै सल्लाह बिनाको बैठकमा सहभागी नहुने बताए । उनले पछिल्लो राजनीतिक घटनाक्रमका बीच सभामुखले डाकेको बैठकको अर्थ नभएको बताए ।
एमालेले सभामुख सापकोटा पदबाट हट्नुपर्ने माग गर्दै आएको छ। उसले आफूले निस्कासन गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै संसद बैठकमा निरन्तर अवरोधसमेत गर्दै आएको छ।
अर्कोतिर, आइतबार सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदहरुले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग दर्ता गरेका छन्।
वि.सं.२०७८ फागुन २ सोमवार १३:०५ मा प्रकाशित






























