back
CTIZAN AD

लभ्लीहिलमा प्रेमिल जोडीहरुको भीड

वि.सं.२०७८ फागुन २ सोमवार

747 

shares

गलेश्वर । आज फेबु्रअरी १४ अर्थात् माया साटासाट गर्ने दिन । भ्यालेन्टाइन डे का नामले चिनिने आजको दिनमा म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिल (प्रणय शिखर) मा मायालु जोडीको भीड लागेको छ ।

आज मौसम पनि खुलेको छ । लभ्लीहिलको उत्तरतर्फ चाँदी झैँ सेता हिमश्रृङ्खला मुसुक्क मुस्कुराइरहेजस्ता देखिएका छन् । बेनी बजारलाई फन्को मारेर कालीगण्डकी र म्याग्दी नदी नागबेली हुँदै बगेको दृश्यलाई नियाल्दै प्रणय शिखरको शिरमा ऐतिहासिक ज्यामरुककोटको खड्गभवानी र पुछारमा बेनी बजारको सुन्दरतालाई साक्षी राखेर सुन्दर जोडी माया साटासाट गरिरहेका छन् ।

एउटा हातमा गुलाबको फूल र अर्को हातमा उपहार लिएर प्रणय शिखर (लभ्लीहिल) मा पुगेका मायालु जोडीमा आज बिहानैदेखि बेग्लै रौनक र उमङ्ग देखिएको छ । म्याग्दीको सदरमुकाम बेनी बजारदेखि करिब आधा घण्टाको उकालो उक्लिएपछि पुगिने लभ्लीहिल बेनी नगरपालिका वडा नं २ मा पर्दछ । लभ्लीहिलमा रेष्टुरेन्ट सञ्चालन गरेका मानकाजी घिमिरेका अनुसार अघिपछिको तुलनामा केही दिनयता युवायुवतीको आगमन बढेको छ ।

केही दिनयता टाढाटाढाबाट समेत युवायुवती आउन थालेपछि यहाँको रौनक थपिएको लभ्लीहिलमा विगत छ वर्षदेखि खाजा घर सञ्चालन गर्दै आएका चन्द्रबहादुर कार्कीले बताए । “अघिपछि खाजाका विभिन्न परिकार बोकेर आउने युवायुवती आज गुलाबका फूल र अन्य विभिन्न किसिमका उपहार बोकेर आएका छन”, स्थानीय नारायण कार्कीले भने, “अघिपछिको भन्दा आजको माहोल छुट्टै छ, युवायुवतीको भीडले लभ्लीहिलको रौनक पनि बढेको छ ।”

यहाँ अहिले विभिन्न आधुनिक पोसाकमा सजिएर बाइक, स्कुटीलगायतका सवारी साधनमा युवायुवती आएका छन् । सडकको पहुँच र पदमार्ग निर्माण भएपछि लभ्लीहिलमा आउने युवायुवती र पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको स्थानीय चन्द्रबहादुर कार्की बताउछन् ।

आज बिहान आफ्नी प्रेमिकाका साथमा लभ्लीहिलमा आएकी बेनीका एक युवाले आफ्नी प्रेमिकालाई उत्तरतिरको हिमाल देखाउँदै आफ्नो माया पनि हिमालजस्तै अटल र पवित्र रहेको आश्वासन दिइरहेका थिए । यहाँबाट धौलागिरि, नीलगिरि, अन्नपूर्णलगायत आठ हिमाल, बेनीबजार, नागबेली परेर बगेका म्याग्दी र कालीगण्डकी नदी, गलेश्वर, पौलस्त्य आश्रम, पुलाचौर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायतका क्षेत्र देख्न सकिन्छ ।

लभ्लीहिलबाट चारैतिरको दृश्य अवलोकन गर्न सकिने र गर्मीयाममा शीतलताको खोजीमा मानिस आउने गरेको स्थानीयको भनाइ छ । पहिले केही सीमित मानिस पुग्ने ठाउँ पछिल्लोपटक लभ्लीहिल बनेपछि समूहसमूह बनाएर दैनिकरुपमा युवापुस्ता पुग्ने गरेका छन् । सामान्य समयमासमेत लभ्लीहिलमा मानिसको उपस्थिति देखिन्छ भने बिदाको समय र शनिबारको दिनमा त झन् भीडै लाग्ने गरेको छ । प्रायःकलेज पढ्ने उमेरका युवायुवती लभ्लीहिलमा देखिन्छन् । पछिल्लो समय तस्बीर खिचाउन र टिकटक बनाउन पनि यहाँ दैनिकजसो युवायुवतीको भीड लाग्ने गरेको छ ।

वि.सं.२०७८ फागुन २ सोमवार १३:१६ मा प्रकाशित

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...