back
CTIZAN AD

सरकारबाट बाहिरिने माओवादी निर्णयसँगै पछि हटे देउवा, एमसीसी संसदमा टेबल नहुने

वि.सं.२०७८ फागुन ४ बुधवार

783 

shares

काठमाडौं । जबरजस्ती एमसीसी अगाडि बढाइए सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णयसँगै प्रधानमन्त्री शेरबहादुर देउवा पछि हटेका छन् । देउवा तत्काल एमसीसी टेबल नगर्न सहमत भएका छन् ।

माओवादी केन्द्रको संसदीय दलको बैठक लगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई देउवालाई भेट्न बालुवाटार पुगेका थिए । प्रचण्डसँगको छलफलमा देउवाले एमसीसीलाई तत्काल टेबल नगर्न सहमति जनाएका हुन् ।

देउवा सहमत भएसँगै एमसीसी आजको संसद बैठकमा टेबल नहुने भएको छ ।

देउवासँगको छलफलमा प्रचण्डले चुनाव पछाडि मात्रै एमसीसीबारे निर्णय गर्न सकिने बताएको बुझिएको छ । बताइएअनुसार प्रचण्डले एमसीसी संशोधनको लागि अमेरिकासँग थप छलफल गर्नुपर्ने पनि कुरा देउवासँग गरेका छन् ।

प्रचण्डको कुरा सुनेपछि प्रधानमन्त्री देउवा आजको संसद बैठकमा एमसिसी टेबल नगर्न सहमत भएका हुन्।

दुई नेताबीच भोली (बिहीबार) सत्ता गठबन्धनको बैठक बोलाउने पनि निर्णय भएको छ । गठबन्धनको बैठकमा एमसीसीको विषयमा थप छलफल हुनेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल गर्ने तयारी गरेका थिए । देउवाले मंगलबार कांग्रेस संसदीय दलको बैठककै बीचबाट सभामुख अग्निप्रसाद सापकोटालाई फोन गर्दै एमसीसीलाई बैठकको एजेण्डा बनाउन आग्रह गरेका थिए ।

तर, राष्ट्रिय सहमति नभई अगाडि बढाउन नसक्ने अडान राख्दै आएका सभामुखले संसद बैठकको सम्भावित कार्यसूचीमा एमसीसीलाई पारेका थिएनन् । देउवाको एकोहोरो दबाब पछि बुधबारको कार्यव्यवस्था समितिको बैठकबाट एमसीसीबारे निर्णय गर्ने तयारी गरिएको थियो । तर, माओवादी निर्णयसँगै एमसीसीको विषय तत्कालका लागि अलमलमा परेको हो ।

सम्बन्धित समाचार

एमसीसी जबरजस्ती अघि बढाइए सरकार छाड्ने माओवादी निर्णय

संसदीय दलको बैठकबाट बाहिरिएलगत्तै देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड

वि.सं.२०७८ फागुन ४ बुधवार १२:३५ मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...