back
CTIZAN AD

एमसीसी जबरजस्ती अघि बढाइए सरकार छाड्ने माओवादी निर्णय

वि.सं.२०७८ फागुन ४ बुधवार

846 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकले जबरजस्ती एमसीसी अघि बढाइए गठबन्धन तोडिने र आफुँहरु सरकारबाट बाहिरिने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले राष्ट्रिय सहमति नगरी एमसीसी अघि बढाउन नहुने निष्कर्ष निकालेको हो ।

संसदीय दलको बैठकले राष्ट्रिय सहमति नगरी एमसीसी अघि बढाउन नहुने र बढाइए गठबन्धन टुट्ने निष्कर्ष निकालेको नेता दीनानाथ शर्माले बताए । उनका अनुसार सहमति नभई एमसीसी टेबल गर्न पनि नमिल्ने निष्कर्ष बैठकले निकालेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीका राष्ट्रिय हित प्रतिकुल देखिएका बुँदाहरु परिमार्जन नगरी माओवादीले कुनै पनि हातलमा समर्थन नजनाउने अडान सुनाएका थिए । माओवादीले यसअघिदेखि नै एमसीसी संशोधन बिना पारित गर्न नसकिने बताउँदै आएको छ ।

बैठकले गरेका तीन निर्णय यस्ता

– एमसिसीमा रहेका असमान सर्त र असमान प्रावधान संशोधन नगरी यथास्थितिमा अगाडि बढाउन सकिन्न। यसलाई पास गर्न सकिन्न। जबरजस्ती पेश गरिएमा यसको विपक्षमा मतदान गर्ने।

– सदन सुचारू गर्न जोड दिने। सदन सुचारू नभएसम्म कुनै पनि एजेन्डा अगाडि बढाउन सकिन्न। यसका लागि विपक्षीसँग पनि आग्रह गर्ने।

– एमसिसीको विषयमा राष्ट्रिय सहमति नजुटेसम्म यो प्रक्रिया अघि बढ्न सक्दैन। त्यसैले एमसिसी अगाडि बढाउने हो भने दलहरूबीच सहमती हुनुपर्छ। कमसेकम सरकारमा रहेका दलहरूसँग सहमती हुनुपर्छ।

वि.सं.२०७८ फागुन ४ बुधवार ११:५७ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...