back
CTIZAN AD

उत्पादित अन्न सकिए पछि भोकमरीलको अवस्था सिर्जना हुने डर

वि.सं.२०७८ फागुन ४ बुधवार

2.1K 

shares

दार्चुला । सडक सञ्जालसँग नजोडिएको अपि हिमाल गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । गत वर्षको खडेरीका कारण उत्पादन घटेसँगै यस वर्ष गाउँपालिकामा खाद्यान्न अभाव भएको हो ।

सात हजार जनसङ्ख्या रहेको गाउँपालिकाका अधिकांश बस्ती भिरालो पाखो छ । “पाखो जमिनमा उत्पादन भएको अन्नले तीन महिना पनि खान पुग्दैन”, अपि हिमालका स्थानीय प्रेमसिंह कार्कीले भने, “अहिले उत्पादित अन्न सकिएको छ ।”

गाउँका अधिकांशले महँगो मूल्यमा खाद्यान्न किनेर खानुपर्ने अवस्था आएको छ । गत वर्ष यार्सागुम्बा पनि राम्रो नभएको र गाउँको उत्पादनले नपुगेपछि व्यापारीबाट महँगो मूल्यमा खाद्यान्न खानुपर्दा निकै समस्या भएको उनले बताए ।

खाद्य संस्थानले चालू आर्थिक वर्षमा खाद्यान्नको कोटा घटाएर पठाउँदा समस्या भएको हो । “गत वर्षसम्म दुई हजार ५०० देखि तीन हजारसम्म क्विन्टल खाद्यान्न आउथ्यो”, खाद्य संस्थान खण्डेश्वरीका नरभानसिंह ठेकरेले भने, “यस वर्ष एक हजार क्विन्टल मात्रै खाद्यान्न पठाएपछि समस्या भएको छ ।”

पहिले पठाएको एक हजार क्विन्टल खाद्यान्न सकिएको बताइएको छ । गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमार्फत पहल भएपछि थप ५०० क्विन्टल खाद्यान्न आउने जनाइएको छ । उनले भने, “यहाँको चामल गहुँको माग अत्यधिक छ, यो चामल एक दिन पनि पुग्नेवाला छैन, खडेरीका कारण यस क्षेत्रमा भोकमरीको अवस्था सिर्जना हुने देखिएको छ ।”

गाउँपालिकाले अपि हिमालका लागि चालू वर्षमा थप पाँच हजार क्विन्टल खाद्यान्न कोटा थप्न आग्रह गरे पनि अहिलेसम्म सुनुवाइ नभएको गाउँपालिकाका अध्यक्ष धर्मानन्द मन्यालले बताए । उनले भने, “हामीले दुई महिनाअघि नै थप पाँच हजार क्विन्टल खाद्यान्न थप गर्न आग्रह गरेका छौँ, तर अहिलेसम्म खाद्य संस्थानको केन्द्रीय कार्यालयबाट जानकारी आएको छैन, जनताले खान नपाउने अवस्था भइसकेको छ ।”

अहिले अपि हिमालको वडा नं ५ मकरीगाडसम्म मात्रै सडकको ट्र्याक खुलेको छ । त्योभन्दा माथिल्लो क्षेत्रका चार वडामा सडक पुगेको छैन । सडक नहुँदा यो क्षेत्रमा ढुवानी भाडा महँगो छ । यो क्षेत्रमा व्यापारिक चामल खाद्यान्नको भन्दा निकै महँगो हुने गरेको छ ।

 

वि.सं.२०७८ फागुन ४ बुधवार १२:३२ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...