back
CTIZAN AD

जिल्लाका २१ जीर्ण सामुदायिक विद्यालयको पक्की भवन बन्ने

वि.सं.२०७८ फागुन ५ बिहीवार

1K 

shares

फुङ्लिङ । हिमाली जिल्ला ताप्लेजुङमा २१ जीर्ण सामुदायिक विद्यालयको पक्की भवन बन्ने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत उक्त सङ्ख्यामा विद्यालयको चार र दुईकोठे पक्की भवन बन्न लागेको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मङ्गलबार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत पूर्वाधार संरचना निर्माण तथा आइसिटी ल्याब व्यवस्थापन कार्य गर्नेगरी देशभरका विद्यालयलाई छनोट गरेको छ । मन्त्रालयको छनोटमा परेकामध्ये भवन संरचना अभाव रहेका ताप्लेजुङका २१ वटा विद्यालयको पक्की भवन बन्ने भएको हो ।

जिल्लाका १२ विद्यालयको चारकोठे र नौवटा विद्यालयको दुईकोठे भवन बन्ने भएको छ । जसमा मेरिङ्देन गाउँपालिकामा सिंहकाली माध्यमिक विद्यालय, सुर्के माध्यमिक विद्यालय र जालपा आधारभूत विद्यालयको चारकोठे पक्की भवन बन्ने भएको छ । यस्तै मैवाखोला गाउँपालिकामा महेन्द्र माध्यमिक विद्यालय, आठराई त्रिबेणी गाउँपालिकामा सरस्वती माध्यमिक विद्यालय र जलकन्या आधारभूत विद्यालयको चारकोठे भवन बन्ने भएको छ ।

त्यस्तै फुङ्लिङ नगरपालिकाको युवा वर्ष माध्यमिक विद्यालय, सिदिङ्वा गाउँपालिकामा इन्द्रावती आधारमूत विद्यालय साब्लाखु र फक्ताङ्लुङ गाउँपालिकामा सिँवा माध्यमिक विद्यालयको चारकोठे पक्की भवन बन्नेछ । पाथीभरा याङ्वरक गाउँपालिकामा थेचम्बु माध्यमिक विद्यालय, मिक्वाखोला गाउँपालिकामा बाल्देन माध्यमिक विद्यालय र सिरिजङ्घा गाउँपालिकामा दुर्गा माध्यमिक विद्यालयको चारकोठे भवन बन्ने भएको छ ।

यसैगरी फुङ्लिङ नगरपालिकामा शान्ति आधारभूत, बगरबारी आधारभूत, याङ्लिजुङ आधारभूत र फुङ्लिङ आधारभूत विद्यालयको दुईकोठे पक्की भवन बन्ने भएको छ । त्यस्तै सिदिङ्वामा आँगेपा आधारभूत विद्यालय, मिक्वाखोलामा ओझागाउँ आधारभूत, पाथीभरा याङ्वरकमा त्रिभुवन आधारभूत विद्यालयमा दुईकोठे भवन बन्ने भएको छ । सिरिजङ्घाको सुदाप आधारभूत विद्यालय र मैवाखोला गाउँपालिकाको जनकल्याण माध्यमिक विद्यालयको दुईकोठे भवन बन्ने भएको छ ।

भवन अभाव र कतै जीर्ण भवनमा बाध्य भएर पठनपाठन सञ्चालन गर्दै आएको अवस्थामा नयाँ पक्की भवन निर्माण गर्नेगरी योजना छनोट भएपछि सम्बन्धित विद्यालयले खुसी व्यक्त गरेका छन् । सिदिङ्वा गाउँपालिका-४ साब्लाखुस्थित इन्द्रावती आधारभूत विद्यालयकी प्रधानाध्यापक अनिता इवारमले विद्यालय स्थापना कालदेखि कच्ची जीर्ण भवनमा जोखिम मोलेरै पठनपाठन सञ्चालन गर्दै आएकामा सरकारले चारकोठे भवनका लागि छनोट गरेपछि ठूलो राहत मिलेको बताइन् । ‘आइसिटी ल्याब’ व्यवस्थापनका लागि पनि जिल्लाका १८ विद्यालय छनोट भएका छन् ।
रासस/फाइल फोटो

वि.सं.२०७८ फागुन ५ बिहीवार १४:१७ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...