back
CTIZAN AD

ओलीसहित एमालेका उच्च नेताविरुद्व अख्तियारमा उजुरी (पत्रसहित)

वि.सं.२०७८ फागुन ५ बिहीवार

666 

shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित एमालेका नेताहरुविरुद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेकपा (एकीकृत समाजवादी)को भातृ संगठन अनेरास्ववियुले एमाले अध्यक्ष ओलीसहित नेताहरुविरुद्व अख्तियारमा उजुरी दिएको हो ।

अनेरास्ववियुले झापास्थित गिरीबन्ध टी स्टेटको नाममा रहेको हदबन्दी भन्दा बढीको जग्गा राष्ट्रियकरण गर्नुपर्नेमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अर्बौं मूल्य पर्ने जग्गा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गराउन सहयोग गरेर नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएको छ। सो प्रकरणमा तत्कालीन भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याललगायतलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने अनेरास्ववियुको माग छ ।

यस्तै, स्वास्थ्य सामग्री खरिद प्रक्रियामा तत्कालीन रक्षा मन्त्री ईश्वर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल मुछिएकाले उक्त प्रकरणको छानबिन गरी कारबाही गर्न अनेरास्ववियुले माग गरेको छ । भिजिट नेपाल २०२० को नाममा राज्यकोषको करोडौं रकम हिनामिना भएको भन्दै तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईमाथि पनि छानबिनको माग अनेरास्ववियुले गरेको छ ।

अनेरास्ववियूको बागमति प्रदेश कमिटी संयोजक दिपक बुढाथोकीले उजुरी हालेका हुन् । उजुरी हाल्न अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीसहितको टोली टंगाल पुगेको थियो ।

यस्तो छ उजुरी पत्र

वि.सं.२०७८ फागुन ५ बिहीवार १४:२० मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...