back
CTIZAN AD

विवाद बढेसँगै देउवामा देखियाे आंशका– एमसीसी फेल पनि हुन सक्छ !

वि.सं.२०७८ फागुन ५ बिहीवार

741 

shares

काठमाडौं । एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनभित्र विवाद बढीरहेको बेला एमसीसी असफल हुने सम्भावना देखिएको छ । जुन सम्भावनाबारे कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुुर देउवाले नै मुख खोलेका छन् ।

बिहीबार कांग्रेस नेता तथा पूर्वमन्त्री अर्जुनरसिंह केसीद्धारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास (सिद्धान्त तथा नीतिको परिचय)’को लोर्कापण कार्यक्रममा प्रधानमन्त्री देउवाले त्यस्तो सम्भावनाबारे धारणा राखेका हुन् । उनले एमसीसी पारित गराउन आफुले जोड गरिरहेको भएपनि सम्भावना फेल हुने पनि रहेको बताए ।

“एमसीसी पास गराउन हामीले एक मतले निर्णय गरेका हौँ, त्यसमा लागिराखेको छु, तर फेल पनि हुनसक्छ, पास पनि हुनसक्छ, भन्न सकिने अवस्था छैन”, उनले भनेका छन्, “राष्ट्रको हितमा छ भन्ने कुरा सत्य कुरा हो यो, हामीले भन्नुपर्छ यो, सत्य हो ।”

उनले एमसीसी राष्ट्रहितको पक्षमा रहेको भन्दै कुरा गर्दा नरडाउन पनि कांग्रेस नेता तथा कार्यकर्तालाई अपिल गरेका थिए ।

अहिले सत्तारुढ गठबन्धनभित्र एमसीसीको विषयलाई लिएर विवाद छ । मुख्य दल नेपाली कांग्रेस पारित गराउन लागि परेको बेला माओवादी केन्द्र, एकीकृत समाजवादी र राजमो संशोधन बिना पारित गर्न नहुने अडानमा छन् । यता जसपा एमसीसी के गर्ने अन्योलमै छ ।

वि.सं.२०७८ फागुन ५ बिहीवार १४:४८ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...