back
CTIZAN AD

लाहुर जाने परम्परागत सोंचलाई परिवर्तन गर्दै युवाहरु व्यावसायिक खेतीतर्फ

वि.सं.२०७८ फागुन ५ बिहीवार

711 

shares

गलेश्वर । लाहुर जाने र पैसा कमाउने परम्परागत सोंचलाई परिवर्तन गरी अब म्याग्दीका युवा गाउँ फर्केर उद्यम गर्ने कार्यमा जुट्न थालेका छन् । विदेश गएर फर्केका युवा फलफूल र पशुपालनमा लागेपछि यहाँको ग्रामीण जीवनशैलीमा समेत परिवर्तन आउन थालेपछि विदेशमा रहेका युवासमेत धमाधम गाउँ फर्केर उद्यममूलक कार्य गरिरहेका छन् । तीमध्ये धेरै युवाको रोजाइमा व्यावसायिक कृषि तथा पशुपालन परेको छ ।

जिल्लाका छवटै स्थानीय तहमा फलफूलखेती र पशुपालनतर्फ युवाको आकर्षण बढ्दै गएको मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए । बानियाँका अनुसार अहिले विदेशबाट फर्केर कृषिमा लागेका युवाको सङ्ख्या जिल्लामा उल्लेख्य रहेको छ । उनीहरु पशुपालन, तरकारी र फलफूलखेती, साना तथा घरेलु उद्योग तथा अन्य व्यापार तथा व्यवसायमा लागेका छन् ।

सङ्घ, प्रदेश र स्थानीय सरकारले कृषिलाई उच्च प्राथमिकतामा राखेर अनुदान र सहयोग गर्न थालेपछि यस क्षेत्रमा युवाको आकर्षण बढ्दै गएको हो । एक दशक लामो कोरियाको बसाईंलाई बिट मारेर स्वदेश फर्केका बेनी नगरपालिकाका कृष्ण खत्री, मलेशियाबाट १३ वर्षपछि गाउँ फर्किएका एकन थापा, भारतको मुम्बईमा पाँचतारे होटलमा १६ वर्ष काम गरेर गाउँ फिरेका गणेश घिमिरेलगायत जिल्लाका २०० भन्दाबढी युवाले व्यावसायिकरुपमा गरेको कृषि तथा पशुपालन अहिले जिल्लामा उदाहरणीय बन्दै गएको छ । उनीहरुले आफूले विदेशमा देखेको र सिकेको सीपलाई आफ्नै गाउँको पाखापखेरा र खेतबारीमा प्रयोग गरिरहेका बेनी नगरपालिका–२ का अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए ।

विदेशबाट फर्केका युवाले कुखुरापालन, बाख्रापालन, फलफूलखेती, तरकारीखेती र पर्यटनका क्षेत्रमा रहर लाग्दो प्रगति गरिरहेका रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । व्यावसायिक कृषिका अलवा यहाँका युवा जडीबुटीखेती र होटलका क्षेत्रमा पनि आकर्षित भएका छन् । जिल्लाको अन्नपूर्ण, मालिका र धवलागिरि क्षेत्रका युवा जडीबुटीखेतीतर्फ पनि आकर्षित भएका स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् ।

विगत पाँच वर्षको अन्तरालमा म्याग्दीमा फलफूल र पशुपालन व्यवसायले निकै फड्को मारेकाले फलफूल, तरकारी, दुग्धजन्य र मासुजन्य चीजबाट जिल्लामा वार्षिक करोडौँ रुपैयाँ आम्दानी हुन थालेको सरोकारवालाको भनाइ छ । अहिले जिल्लाका २०० भन्दाबढी युवा व्यावसायिक कृषि तथा पशुपालनमा लागेको स्थानीय तहको तथ्याङ्क छ ।
रासस/फाइल फोटो

वि.सं.२०७८ फागुन ५ बिहीवार १५:३० मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...