back
CTIZAN AD

गठबन्धनभित्र खटपट, कांग्रेस नेताहरुले थाले ओलीसँग संवाद

वि.सं.२०७८ फागुन ५ बिहीवार

801 

shares

काठमाडौं । एमसीसीको विषयमा सत्ता गठबन्धनभित्र खटपट चलिरहेका बेला सत्ता गठबन्धनको मुख्य दल नेपाली कांग्रेस भने प्रमुख प्रतिपक्षी एमालेसँग संवादमा जुटेको छ । कांग्रेस नेताहरुले एमालेका बिहीबार बिहानैदेखि एमालेका नेताहरुसँग संवाद गरिरहेका छन् ।

कांग्रेस नेता मिनेन्द्र रिजाल एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बिहीबार बिहान ९ बजे ओली निवास बालकोट पुगेका थिए । ओलीका प्रेस संयोजक रामशरण बजगाईँका अनुसार उनीहरुबीच झण्डै एक घण्टा जति कुराकानी भएको थियो ।

रिजालले भेटेसँगै सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले पनि ओलीसँग टेलिफोन संवाद गरेको बुझिएको छ । यता महामन्त्री गगन थापाले पनि नेताहरुसँग संवाद गरेको बुझिएको छ ।

सत्ता गठबन्धनभित्र एमसीसीले विवाद बढाएसँगै कांग्रेस प्रमुख प्रतिपक्षीसँग संवादमा जुटेको हो । गठबन्धनको दल माओवादी केन्द्र र एकीकृत समाजवादीले यथास्थितिमा एमसीसी अगाडि बढाइए सरकारबाट बाहिरिने निर्णय गरेका छन् । माओवादी र एकीकृत समाजवादीको निर्णयसँगै प्रधानमन्त्री शेरबहादुर देउवा वैकल्पिक गठबन्धन निर्माणमा जुटेको देखिएको छ ।

प्रतिपक्षी एमालेले सभामुख बर्हिगमनको विषयमा कांग्रेसले सहयोग गरे एमसीसी पारितमा सहयोग गर्ने बचन यसअघि नै देउवालाई दिएको थियो । एमसीसी पारित गर्न चौतर्फी दबाबमा परेका देउवाले सहयोगको बचन दिएको एमालेसँग संवाद बढाएका हुन् ।

आज बस्ने गठबन्धनको बैठकमा सहमति नभए एमालेसँग निर्णय गर्ने तयारी गरिएको कांग्रेसका नेताहरुले बताएका छन् । गठबन्धनको बैठकमा निर्णय नभई अगाडि नबढ्ने एक नेताले बताए ।

वि.सं.२०७८ फागुन ५ बिहीवार १७:२८ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...