back
CTIZAN AD

एमसीसीबारे निर्णय लिन पाँचदलीय गठबन्धनको बैठक सुरु

वि.सं.२०७८ फागुन ५ बिहीवार

882 

shares

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठक सुरू भएको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौताबारेमा निर्णय लिन गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईलगायत गठबन्धनका शीर्ष नेताहरू सहभागी छन् ।

सरकार शुक्रबार तय भएको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारीमा छ । एमसीसी टेबल गर्ने विषयमा सहमति खोज्न बैठक बसेको हो ।

अहिले सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत समाजवादी यथास्थितिमा एमसीसी अगाडि बढाउने पक्षमा छैनन् । तर, कांग्रेसले भने जसरी पनि एमसीसी अगाडि बढाउनुपर्ने अडान राखेको छ । गठबन्धनले बैठकले एमसीसीको बारेमा मात्रै नभई गठबन्धनकै भविष्यका विषयमा आज निर्णय गर्दैछन् ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले जबरजस्ती एमसीसी अगाडि बढाइए सरकारबाट बाहिरिने निर्णय गरेका छन् भने कांग्रेसले प्रमुख प्रतिपक्षी एमालेसँग वैकिल्पिक गठबन्धन निर्माणको छलफल थालिरहेको छ ।

वि.सं.२०७८ फागुन ५ बिहीवार १७:५२ मा प्रकाशित

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...