back
CTIZAN AD

धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त

वि.सं.२०७८ फागुन ५ बिहीवार

1.1K 

shares

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाललाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले हमाललाई बोर्डको अध्यक्षका रूपमा नियुक्त गरेको हो ।

हमालले नियुक्तिको बारेमा अनौपचारिकरूपमा जानकारी आएको र शुक्रबारसम्म नियुक्तिपत्रसमेत पाउने बताए ।
उनले नेपालको शेयर बजारको विकास र विस्तारमा आफूले इमान्दार प्रयास गर्ने बताए । साना लगानीकर्ताको हित र बजारको विविधीकरण गर्न आफूले सक्दो प्रयास गर्ने उहाँले उल्लेख गरे ।

नेपालको शेयर बजारलाई बलियो र सक्षम बनाउँदै अन्तर्राष्ट्रियस्तरको बनाउने आफ्नो सपना रहेको भन्दै उनले त्यसका लागि सहयोग गर्न सञ्चारमाध्यमलाई आग्रह गरे ।

सामान्य झट्काले समेत प्रभाव पार्ने शेयर बजारलाई व्यवस्थित एवं मर्यादित बनाउने र प्राकृतिकरूपमा चल्ने बनाउन प्रयास गर्ने नवनियुक्त अध्यक्ष हमालले बताए । बजारको विविधीकरण नहुँदासम्म शेयर बजारले स्थायित्व पाउन नसक्ने भएकाले सो कार्यमा आफू दत्तचित्त भएर लाग्ने उनको भनाई छ ।

बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुङ्गाना एक सिमेन्ट कम्पनीको शेयर प्रकरणमा मुछिनु भएपछि सरकारले उनलाई हटाएको थियो । पछिल्लो छ महिनादेखि बोर्डको अध्यक्ष खाली थियो । अध्यक्ष नियुक्त नहुँदा शेयर बजारसम्बन्धी विभिन्न विषयगत र नीतिगत काममा अवरोध भइरहेको थियो ।

सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलको संयोजकत्वमा बोर्ड अध्यक्ष छनौट समिति गठन गरेको थियो । समितिले तीन जनाको नाम प्रस्ताव गरेको थिया । त्यसमा डा गोपाल भट्ट, कृष्ण पोखरेल र हमालको नाम सिफारिस गरेको थियो ।

डोटीको सिलगढीमा जन्मीएका हमालले एशियन इस्टिच्यूट अफ टेक्नोलोजी बैंककबाट एमबिए गरेका छन् । झण्डै २९ वर्षदेखि सार्वजनिक तथा निजी क्षेत्रमा सेवा गरेका हमालले २० वर्ष त व्यवस्थापन क्षेत्रमा नै काम गरेका छन् । सन् २००७ देखि सन् २०१० सम्म गैरआवासीय नेपाली सङ्घ थाइल्याण्डको अध्यक्ष बनेका हमाल थाई–नेपाल चेम्बर अफ कमर्स बैंककको उपाध्यक्षसमेत बनेका थिए ।

 

 

वि.सं.२०७८ फागुन ५ बिहीवार १८:४४ मा प्रकाशित

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’सहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’सहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड विश्व बैंकिङ क्षेत्रको प्रतिष्ठित युरोमनी...

नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

सुनचाँदीको मूल्य सामान्य वृद्धि

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको...

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

गण्डकी । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट...

आजको बजारमाा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

‘साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन’

‘साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन’

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ...