back
CTIZAN AD

नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

वि.सं.२०८३ साउन ७ बिहीवार

183 

shares

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार काठमाडौं महानगरपालिका–७, सिफलबाट रिमाललाई पक्राउ गरेको हो। उनी व्यवसायी दिपक भट्ट विरुद्ध बिमा ऐन, २०७९ र धितोपत्र ऐन, २०६३ अन्तर्गत दर्ता भएको मुद्दासँग सम्बन्धित अनुसन्धानका क्रममा पक्राउ परेका हुन्।

सीआईबीका अनुसार रिमाल र दिपक भट्टबीचको सम्बन्ध तथा उक्त मुद्दासँग जोडिएका विषयमा अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका रिमाललाई बिहीबार नै जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ। अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थपको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले यस प्रकरणमा थप अनुसन्धान जारी रहेको तथा आवश्यक प्रमाण र तथ्य संकलन भइरहेको जनाएको छ। प्रहरीले रिमालविरुद्ध लागेको आरोप अदालतबाट प्रमाणित भइसकेको नभई उनी अनुसन्धानको प्रक्रियामा रहेको स्पष्ट गरेको छ।

वि.सं.२०८३ साउन ७ बिहीवार १६:०० मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...