६ फागुन, काठमाडौँ । आइसिसी पुरूष टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा नेपालले आज ओमानको सामना गर्दै छ ।
ओमानको एकेडेमी १ मा हुने खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ ओमानको सामना गर्नेछ । विश्वकप ग्लोबल छनोटको तयारीस्वरुप नेपालले यसअघि चार देश सम्मिलित टि-२० सिरिज खेलेको थियो । यसमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।
सोही सिरिजको अन्य खेलमा संयुक्त अरब इरिमेटसँग (युएई) २५ रन र आयरल्यान्डसँग १६ रनले पराजित भएको थियो । त्यसअघि नेपालले ओमानसँग टि-२० मा पछिल्लो पटक सन् २०१९ मा खेलेको थियो । जसमा ओमानले नेपाललाई ६ विकेटले पराजित गरेको थियो ।
विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ मा विभिन्न आठ राष्ट्र सहभागी छन् । जसमा आयोजक ओमानसहित नेपाल, बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स (युएई) छन् ।
ती आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । समूह १ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान छन् भने समूह दुईमा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । प्रतियोगिता फाइनल पुग्ने दुई टोलीले आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुने टि-२० विश्वकपमा स्थान बनाउनेछन् ।
नेपाली टोलीमा सन्दीप लामिछाने ९कप्तान०, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, जीतेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, लोकेश बम र गुलशन झा छन् । वैकल्पिकमा भने कुशल मल्ल, साहब आलम र प्रदीप ऐरी छन् ।
ओमान विरुद्धको खेलमा नेपालको सम्भावित प्लेइङ–११ :
कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख/शरद भेषवाकर, लोकेश बम, विवेककुमार यादव, सन्दीप लामिछाने, कमलसिंह ऐरी, अविनाश बोहरा, जितेन्द्र मुखिया।
वि.सं.२०७८ फागुन ६ शुक्रवार १०:२९ मा प्रकाशित

























